साझा नेटवर्क
दोहा, माघ ३।
नेपाली धानुक सेवा समाज कतारको पहिलो अधिवेशन सम्पन्न भएको छ । आफ्नो जातीय परम्परा सस्कार र सस्कृतिलाई जगेर्ना गर्दै सामाजिक सेवामा आफ्नो अभियानलाई अगाडी लैजाने उदेश्य रहेको छ । गत सुक्रबार अलखोर पार्कमा भएको अधिवेशनले सुरेश कुमार मण्डलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समाजले चौध सदस्यीय कार्य समिति सहित ७ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जयराम मण्डल, उपाध्यक्ष श्री नारायण मण्डल, कोषाध्क्ष श्री बैद्यनाथ मण्डल, सचिव प्रेम कुमार मण्डल, सहसचिव लक्ष्मी नारायण मण्डल र सदस्यहरुमा सूर्यनारायण मण्डल, सन्दिप मण्डल, राम भजन मण्डल, रुपलाल मण्डल, राज कुमार मण्डल, सजीव कुमार मण्डल, राम इश्वर मण्डल रहेका छ । त्यसैगरी सल्लाहकार संयोजकमा सुनिल मण्डलका साथै अन्य सदस्यहरुमा मनिक लाल मण्डल, तेजीलाल मण्डल, बुद्द मण्डल, जोगेन्द्र मण्डल, रामदयाल मण्डल, सुरेश मण्डल रहेका छन् ।
प्रमुख अतिथि मनिक मण्डलले एकता आजको आवश्यता हो भन्दै मौलिक सस्कृतिहरुले हाम्रो पहिचानलाई उच्च बनाएको भन्दै सबैले गर्व गर्नु पर्ने बताएका थिए । हाम्रो सस्कार नै आफ्नो गौरव र पहिचाहनको आधार भएको बताउदै सभापति सुनिल मण्डलले हाम्रा पर्वहरुको आफ्नै विशेषता रहेको बताउदै राज्यले यस्ता राष्ट्रिय पर्वहरु लाई विशेष महत्व दिनु पर्नेमा जोड दिए ।
जातीय उत्थान आफ्ना परम्परा सस्कार र सस्कृति जोगाउदै लौजाने उदेश्यका साथ करिव ६ महिना अगाडी राम कुमार मण्डलको संयोजकत्वमा तदर्थ समितिको गठन भएको थियो । त्यहि समितिलाई पूर्णता दिदै यहि हप्ता नयाँ कार्य समितिको संरचना तयार गरेको कार्यक्रमको संचालन राम कुमार मण्डलले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend