साझा नेटवर्क
श्याम डि.सी “युनिक’ दोहा ।
गत शुक्रबार बाँके प्रवासी सेवा समाजको,कतारको सनैया एरिया समिती गठन भएको छ । सनैयाको ग्राण्डमल स्थित संस्थाको अध्यक्ष प्रकाश कोइराला, प्रथम उपाध्यक्ष राज कुमार खत्री, सचिव दिपक चन्द र प्रमुख सल्लाहकार इमान शिंह ठकुरी लगायत अन्य सदस्यहरुको उपस्थितीमा समिती गठन गरिएको हो ।
समितीमा अध्यक्षमा फारुख शेख,उपाध्यक्षमा असफाख खाँन,सचिबमा इद्रिस खाँन, सह-सचिवमा अब्दुल रहमान, कोषाध्यक्षमा तारिख मोहम्मद सह-कोषाध्यक्षमा मौलाना हारुन खाँ रहेका छन् ।
त्यस्तै साह बुद्धिन खाँ, जमसिर खाँ, हफिज मोहम्मद, अतिक खाँ, मौलाना मोहम्मद, जलालुदिन सलमानी, कृष्ण प्रसाद सापकोटा, गुड्डु खाँ, मेघराज नाब, इब्राहिम नाब र कलाकार संयोजकमा नसिर उहेमद खाँन गरि १७ सदस्य चयन गरी सनैया एरिया समिती गठन गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend