साझा नेटवर्क
गुल्मी, माघ २ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा अवद्ध संस्था सुशासन अभियान गुल्मीद्धरा सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत रहेर आज सुशासन अभियान गुल्मी र मालपोत कार्यलय गुल्मीको संयुक्त सहभागितामा गठित प्रतिवद्धता पत्र अनुगमन समितिको बैठक मालपोत अधिकृत एव्म अनुगमन समितिका संयोजक खुप बहादुर के.सी ज्यूको अध्यक्षतमा सम्पन्न भयो ।
उक्त बैठकमा सदाचार प्रतिबद्धता पत्रको बारेमा छलफल भै कार्यन्वयनको लागि समितिलाई थप प्रभावकारी बनाउने, समितिको बैठक कम्तिमा पनि हरेक दुई महिनामा नियमित रुपमा बस्ने, साथै सेवाग्रहीलाई मालपोत कार्यालय बाट प्रदान गर्ने सेवा छिटो, छरितो , सहज र आम नागरिकका लागि पहुँच योग्य बनाउने प्रतिबद्धता जाहेर गरियो ।
उक्त बैठकमा समितिका सदस्य श्री गोकर्णराज मरासिनी, खगराज आचार्य, रोमनाथ भुसाल साथै सुशासन अभियान गुल्मीका अध्यग्क्ष श्यामकुमार पाण्डेको तथा सह –सचिव विनोद पाण्डेय, र कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थित रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend