logo
  • शनिबार, साउन ९ २०८३

नेपाल सांस्कृतिक संघ गुल्मीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

मनु सुनार, गुल्मी पुष २८।
नेपाल सांस्कृतिक संघ जिल्ला कार्य समिति गुल्मीको दोश्रो जिल्ला अधिवेशन विपि स्मृति भवन तम्घास गुल्मीमा सम्पन्न भएको छ । नेपाल सांस्कृतिक संघ जिल्ला कार्य समिति गुल्मीका अध्यक्ष मुकुन्द हरी गौतमको सभापत्वि रहेको कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद तथा केन्द्रिय प्रतिनिधि कृष्ण किशोर घिमिरे तथा विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रममा नेपाल दलित संघका अध्यक्ष झविन्द्र विक ,चुरा बहादुर खत्रि हास्यकलाकार श्रीप्रसाद थापा ,छवि पाण्डे,सुर्दशन खनाल,लगायतले शुभकामना मनत्व्य राख्नुभएको थियो । भने कार्यक्रमको बिचबिचमा कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गदै मनोरञ्जन प्रदान गरेका थिए । उक्त कार्यक्रमबाट आगामि कार्यकालका लागि नयाँ कार्य समिति समेत चयन गरिएको छ ।

जसको सभापतिमा खुम बहादुर खत्रि ,उपसभापतिमा मनबहादुर खत्रि र शिलु भट्टराई सचिव वसन्त खत्रि ,सहसचिव भुवन भुषाल कोषाध्यक्ष ज्ञानहरी सापकोटा सहित १५ सदस्य कार्य समिति चयन गरिएको छ । भुवन भुषालको स्वागत मनत्व्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन मोहन खत्रिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend