logo
  • शनिबार, साउन ९ २०८३

५ नम्बर टुक्रेमा केही हुदैन भनेपछि उर्जा मन्त्रीमाथि ढुंगा प्रहार


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अर्घाखाँची, पुष २८ ।
अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपाछी युवाहरुले ढुगांमुढा गरेका हुन ।
त्यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएका ऊर्जा मन्त्री जनार्दन शर्मा युवाहरुको घेराबन्दीमा परेका छन् । सन्धिखर्क ट्राफिक चोकपछाडि आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका लागि पुगेका बेला शर्मा स्थानीय युवाहरुको घेराबन्दीमा परेका हुन् ।

सन्धिखर्क पुगेर पाँच नम्बर प्रदेश टुक्राइनु जायज भएको भन्दै उनले अर्घाखाँचीबासीलाइ पोखरा जान सुरुङमार्ग बनाइने बताएपछि स्थानीयबासी आक्रोशित भएका थिए । स्थानीय बासीको घेरामा परेका शर्मालाई सुरक्षाकर्मीले कायक्रम स्थलबाट निकालेका हुन । मन्तव्य पनि दिन नपाएका उनलाई कार्यक्रमस्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइए पनि युवाहरुसँग घम्साघम्सी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend