logo
  • शनिबार, भाद्र २० २०८३

अभानेस्ववियुद्वारा सिए लक्ष्मीनगर नगर समिति गठन, अध्यक्षमा सुधन महत


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नयाँ दिल्ली, भारत पुष २८।
अभानेस्ववियु (अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन)द्वारा सिए अध्ययनरत विद्यार्थीहरुलाई समेट्दै सिए लक्ष्मीनगर नगर समिति गठन भएको छ। हिजो भएको उक्त कार्यक्रममा अभानेस्ववियुका अध्यक्ष कमल थापा, महासचिव प्रकाश पोखरेल प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको अतिथिमा प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य अशोक थापा र अभानेस्ववियुका मुख्य सल्लाहकार मित्र घिमिरेको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमबाट सुधन महत अध्यक्षमा सर्व-सम्मत रुपमा चुनिएका थिए। त्यसै गरी उपाध्यक्षमा अमृत जीसी, सचिवमा सन्तोष ज्ञवाली, कोषाध्यक्षमा मीरा पोख्रेल र सह-सचिवमा सन्देश केसी सहित ११ सदस्यीय मूल समिति गठन भएको थियो। यस बाहेक ४ वैकल्पिक सदस्य र सल्लाहकार समिति गठन भएको थियो।
कार्यक्रममा बोल्दै नव-निर्वाचित अध्यक्षले संख्यात्मक र गुणात्मक दुवै हिसाबले ठूलो संख्यामा रहेका लक्ष्मीनगरका सिए विद्यार्थीहरुको पार्टी प्रतिको आस्था,जुझारुपन र उत्साही भावनाले यहाँ युनियन गठन गर्नु समग्रको हितको निम्ति अपरिहार्य रहेको बताए।

कार्यक्रममा बोल्दै उनले आगामी दिनमा बिशुद्ध रूपमा वैचारिक तहको राजनीति गरिने, समितिमा आवद्ध साथीहरूको वैयक्तिक विकास केंद्रित कार्यक्रम र समग्रमा भारतमा रहेका विद्यार्थीहरुको समस्यालाई संबोधन गर्न सम्बंधित निकायको ध्यानाकर्षण, दबाब तथा पहलकदमीको निम्ति नेतृवदायीं र समन्वयकारी भूमिका प्रदर्शन गर्ने जनाए।

समितिको गठन भौगोलिक, जातीय, र लैंगिक हिसाबले समावेशिता, समानुपातिक र सहभागीतामूलक रहेको जिकिर गरे। अध्यक्ष सुधन महतले देश विदेशबाट सहयोग गर्ने, सम्पूर्ण सल्लाहकार र आफ्नो नवगठीत समितिको संरचनाबाट आगामी दिनमा काम गर्न निकै उत्साही रहेको जानकारी दिए।

नव-निर्वाचित सचिव संतोष ज्ञवालीले भुई तहमा रहेर अन्य राजनीतिक/सामाजिक संस्थासंग प्रतिस्पर्धात्मक हिसाबको राजनीति भन्दा पनि सम्पूर्ण बिद्यार्थीको हितमा सहकार्य,सद्भाव र सहिष्णु ढंगले अघि बढ़ने योजना रहेको जानकारी दिए।
कार्यक्रममा लक्ष्मीनगर र आसपासका धेरै विधार्थीहरुको उल्लेख्य र उल्लासमय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend