logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीका ग्रामीण बजारमा ल्याण्डलाइन फोन विस्तार


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी पुष २८ ।
नेपाल टेलिकम गुल्मीले ग्रामीण भेगमा तार रहित ल्याण्डलाइन फोन बिस्तार गरेको छ । जिल्लाको सदरमुकाम तम्घास बाहेकका ग्रामीण भेगमा रहेका मुख्य बजारमा ल्याण्डलाइन फोन बिस्तार अभियान चलाइएको टेलिकम गुल्मीका प्रमुख उमनाथ पोखरेलले जानकारी दिए ।

टेलिकम गुल्मीले जिल्लाको खैरेनी गाबिसको वडा नं. ५ र हसरा गाविसको वडा नं. १ मा पर्ने बजारमा ८४ लाइन तार रहित ल्याण्डलाइन फोन बिस्तार गरेको हो । एक हप्ता सम्म उक्त स्थानमा बितरण अभियान सुरु गरेर बितरण गरिएको टेलिकम गुल्मीले जनाएको छ ।

ग्रामीण भेगमा रहेका सरकारी कार्यालयहरु र स्थानियको माग अनुरुप ग्रामीण गेगका मुख्य बजारमा सेवा बिस्तार अभियान सञ्चालन गरेको पोखरेलले बताए । खैरेनी र हसरा सगै केहि महिनामै वामीटक्सार, मजुवा, शान्तिपुरमा सेवा बिस्तार गरिने टेलिकम गुल्मीले जनाएको छ । हाल सदरमुकाम तम्घासमा १ हजार ५० लाइन ल्याण्डलाइन फोन सेवा बितरण गरिएको छ ।

सदरमुकाम बाहेक बलेटक्सारमा १ सय १५ र रिडी बजारमा ७० लाइन फोन सेवा बितरण गरिएको प्रमुख पोखरेलले जानकारी दिए । सदरमुकाम सगै अन्य ठाउँका स्थानियको माग आइरहेको र सेवा बिस्तार अनुसार बिस्तारै सबैको माग अनुरुप सेवा प्रदान गरिने टेलिकम गुल्मीले जनाएको छ । ग्रामीण भेगका मुख्य बजारमा ल्याण्डलाइन फोन बितरण सगै अब इन्टरनेट सेवा पनि उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend