साझा नेटवर्क
विमल नेपाली, बाग्लुङ पुष २८।
नेकपा एमाले बाग्लुङका नवनिर्वाचित अध्यक्ष इन्द्रलाल सापकोटाले सम्पुर्ण नेता तथा कार्यकर्तालाई निर्वाचन केन्द्रित भएर लाग्न निर्देशन दिनुभएको छ । दगातुम्डाँडा गाउँ कमिटी खर्वाङ बजारमा बुधबार आयोजना गरेको नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै सापकोटाले यस्तो निर्देशन दिनुभएको हो ।
प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै सापकोटाले एमालेले राष्ट्रियता, जनजिविका, विकास निमार्ण लगायतका कार्यक्रममा जनपक्षिय कार्यक्रमकै कारण लोकप्रियता हासिल गरेको बताउदै आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पाटी बन्ने बताउनुभयो ।
आफ्नो कार्यकाल ४ वर्षमा पार्टी निमार्णको कोशेढुङगा सावित हुने सापकोटाको दावी थियो । कार्यक्रममा केन्द्रिय उर्जा तथा जलश्रोत विभागका सदस्य हिरा के.सी.ले एमालेले राष्ट्रिय समृद्धिको नेतृत्व गर्ने बताउदै पर्याप्त सम्भावनाको पहिचान एमालेले मात्र गर्ने दावी गर्नुभयो ।
गत पौष ९ गते देखि १२ गतेसम्म बाग्लुङ बजारमा सम्पन्न भएको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, उपसचिव विष्णु भुषाल, जिल्ला सदस्य शान्ति अधिकारी, डम्बर श्रीस निर्वाचन समितिका उपाध्यक्ष प्रमोद शर्मा, सदस्य लक्ष्मण बराल लगायतलाई गाउ कमिटीको तर्फबाट फुलमाला र खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम पुर्व गाउँ कमिटी सचिव आकाश शर्माको स्वागत, अध्यक्ष रेम बहादुर भुजेलको अध्यक्षता एवम सचिव महलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै बुधबार नै ग्वालीचौरमा अगुवा कार्यकर्ता भेला खारबजारमा सम्पन्न भएको एमालेले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend