logo
  • शनिबार, असोज १० २०८३

बसको ठक्करबाट युवकको ज्यान गयो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खडका, बाग्लुङ पुस २७ ।
बसले ठक्कर दिंदा आज बाग्लुङददेविस्थानका एक युवकको मृत्यु भएको छ । निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नं. को यात्रुबहाक बसले बोहोरागाउँको काना बगरमा देविस्थान गाउँ विकास समिति वडा नं. ५ बस्ने पदम सिंजालीलाई ठक्कर दिंदा घाइते भएका उनको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मृत्यु भएको इलाका प्रहरी कार्यालय बु्र्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभएको छ ।

दिउँसो करिव साढे १ वजेको समयमा बसले ठक्कर दिई घाइते भएका सिंजालीको उपचारका क्रममा स्वास्थ्य केन्द्रमा ३ बजे मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले बस तथा त्यसका चालक अविशन घर्ति मगर अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend