साझा नेटवर्क
सुवास विश्वकर्मा, पाल्पा पुष २७ ।
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको मागे सक्रान्ती मेला बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न हुने भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आदा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको रुरु फ्रण्ड क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिनुभयो ।
बिगतका वर्षहरुमा भन्दा यस वर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष बिश्वर्काले बताउनु भयो । मेलमा स्नान गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । ५ दिनसम्म चल्ने मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छा । ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कात्र्तिके ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ ।
पाल्पा,गुल्मी, स्याङ्गजाको संगमस्थल रिडी नेपालकै चार धाम मध्येको एक धाम मानिन्छ यस क्षेत्रमा प्राचिन समयमा देबदत्त रिषीले तपस्या गरेको धार्मिक मान्यता छ । सोहि धार्मिक मान्यता अनुसार यस पबित्रधाम रिडीमा नुहाउने तथा पुजा आज गर्नाले पितृ रिण, देव रिण तथा रिषी रिण पुरा हुने धार्मिक प्रचलन छ । यहि धार्मिक प्रचलन र मान्यता अनुरुप यस क्षेत्रमा माघे सक्रान्ती तथा बिभिन्न समयमा हुने मेलाहरुमा नुहाउने तथा पुजा आजा गर्ने भत्तजनाको घुईचो लाग्ने गर्दछन । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।
पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थल रिडीमा यस वर्ष पनि संत संस्कार जागरण नेपालको आयोजनमा बराहपुरार्ण हुने भएको छ । स्वामी जगदिश प्रपन्चारेत तथा गुरु श्रीराम लम्साललेको मुखारबृन्दबाट बराहापुराण तथा प्रवचन हुने बताइएको छ । बराहपुरार्णमा प्रत्येक दिन बहापुराण बाचन, प्रवचन तथा बिभिन्न भक्ति संगित प्रस्तुत गरिने संस्थाका अध्यक्ष गुरु प्रसाद ज्ञवालीले बताउनु भयो ।ऐतिहासिक रुरु क्षेत्रको रिडीमा यस वर्ष पनि बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु पुर्षौतम न्यौपाने, बद्री पंगेनी, पशुपती शर्मा, खुमन अधिकारी,थानेश्वर गौतम, टिका पुन, सम्झना लामिछाने, शिरिष देवकोटा, रमेशराज भट्टराई, कमल खत्री,लक्ष्मण खड्का, बैकुण्ठ महत, अर्जुन कौसल, दुर्गा घायल, पवन परियार, नन्दु परियार, सुन्दर भण्डारी, भिम नेपाली हाँस्यकलाकार श्रीप्रसाद थापा लाहुरे दाई, राजाराजेन्द्र पोखरेल, हर्के हल्दार, रबि डङ्गोल बेइमान, पुर्खे बाँ तथा राष्ट्रिय स्तरका डान्सरहरु सगै सारा कला केन्द्र र रुरु कला केन्द्रको चर्चित डन्सरको टोलीको पनि सहभागिता रहने सांस्कृतिका कार्यक्रम संयोजक शुसिल श्रेष्ठले बताउनु भयो ।
रिडी मेलामा सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग, कालीगण्डकीमा र्यापटीङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु फ्रण्ड क्लवका उपाध्यक्ष सवित थापाले जानकारी दिनुभयो । मेलामा कम्मल, काम्ला, राडी पाखी, बाँस तथा चोयावाट बनेका सामग्र, ओखरका घाँजी लगायतका वस्तु राम्रो व्यापार हुने पुर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend