logo
  • शनिबार, भाद्र २० २०८३

सी.ए. नेविसंघ भारतको औधोगिक तथा धार्मिक भ्रमण सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नया दिल्ली भारत, पुष २६ ।
सी.ए. नेविसंघ भारतद्वारा आयोजना गरिएको औधोगिक तथा धार्मिक भ्रमण सम्पन्न भएको छ । जनवरी ०७ र ०८ तारिखका दिन सम्पन्न भ्रमणमा सी.ए बिद्यार्थीहरुको उच्च सहभागिता रहएको थियो ।
भारतको उत्तराखण्ड राज्यमा अवस्थित पतंजली पदार्थ र पतंजली योगपीठको भ्रमणले ऊत्पादित सामान कसरि बनाउन सकिन्छ र कस्तो खालको प्राकृतिक प्रयोगले सामान ऊत्पादन भएको छ, भन्ने जानकारी दिएको थियो । सो भ्रमणको क्रममा भारतकै ठुलो आयुर्बेद भण्डारणको समेत अवलोकन गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले सो कार्यक्रमबाट धेरै कुरा सिक्न र बुझ्न पाएको र आगामी दिनमा यस्तै अरु कार्यक्रम पनि लिएर आउन सुझाब दिएका छन् । कार्यक्रममा सहभागी मध्येका सी.ए बिद्यार्थी संगम ज्ञवाली भन्छन यति धेरै सहभागी सबैको चित्त बुझाएर कम पैसामा नै कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गर्न आफैमा चुनौतिपूर्ण देखिन्थ्यो तर सी ए नेविसंघले गरेर देखायो जसले गर्दा यो संस्था प्रति विश्वास र आस बढेको छ ।

भोलिको दिनहरुमा पनि बिद्यार्थी हक हितको लागि यस्तै कार्य गरोस भन्दै धन्यवाद दिएका थिए । धार्मिक भ्रमणको दौरान हरिद्वार “पबित्र तिर्थ स्थल”मा गंगा स्नान गराउनको साथै मनसा देवी मन्दिर सम्मको पैदल यात्रा समेत गरिएको थियो ।

सो कार्यक्रमको बारे जानकारी दिदै सी ए नेविसंघका अध्यक्ष्य गिरु न्यौपानेले बिद्यार्थी हक हितको लागि लड्दै आएको संघले बिद्यार्थीहरुको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र औधोगिक भ्रमण पनि त्यसै अन्तर्गतको एउटा पाटो रहएको बताउनु भयो । उहाले सहभागी सम्पूर्ण र सहयोगदाता प्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा अझै राम्रो कार्यक्रमहरु गर्दै जाने र सबैको साथ सहयोगको अपेक्षा रहएको बताउनु भयो ।

साथै बिद्यार्थीको मनोबल लाई उच्च राख्नको लागि सी ए का सबै तहमा सफलता हासिल गर्नुहुने सम्पूर्णलाई उच्च तहको व्यक्तित्वबाट सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend