logo
  • शनिबार, भाद्र २० २०८३

तानसेन नगरपालिकाको बजेट १४ करोड


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुवास विश्वकर्मा, पाल्पा पुष २६ ।
पाल्पा तानसेन नगरपालीकाले आगामी बर्षका लागि १४ करोड बढीको बजेट पेश गर्ने तयारी गरेको छ । आर्थिक बर्ष २०७४/०७५ का लागि पुजिगततर्फ १३ करोड, १४ लाख ७२ हजार ७१६ र चालु तर्फ १ करोड ५२ लाख विनियोजन गरिएको छ ।
तानसेन नगरपालिकाको २० औ नगर परिषद सोमबार सम्पन्न भएको छ । तानसेन नगरपालिकाको हलमा भएको कार्यक्रममा तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले तानसेन नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को १४ करोड ६६ लाख ७२ हजार ७ सय १६ रुपैया बराबरको प्रस्तावित बजेत प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथि स्थानीय विकास अधिकारी राम प्रसाद पाण्डेले प्रस्तुत भएका कार्ययोजनाले तानसेन पर्यटकीय हिसाबले महत्वपूर्ण भएकाले धरापमा परेका पर्यटकीय स्थलहरुको संरक्षण, प्रर्वद्धन गर्न सकिए तानसेनको विकास हुने बताउनुभयो ।

कार्यक्रममा पूर्व सांसद कुलप्रसाद नेपालले तानसेनको विकासको गती पछि परेको भन्दै नगरपालिकाको प्रस्तावित निति, बजेट तथा कार्यक्रम छिटो–छरितो र पारदर्र्शी हिसावमा कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले तानसेन नगरपालिकाले विगतका तुलनामा पछिल्लो समय केही राम्रा कामहरु गर्न सफल भएपनि अझ प्रयाप्त नभएको भन्दै टुडिखेलमैदान स्तरोउन्नती, सडक, सवारी साधन पार्किङ्को व्यवस्थापन, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रको विकास लगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्र्नेमा जोड दिएका थिए ।

वषौ देखि रोकिएका पुराना योजनाहरु, भ्युटावर, ल्याडफिल्ड साइट, भवन निर्माण, सोलार वक्ति लगायतका योजनालाई पनि यस वर्ष समेट्ने गरी प्राथमिकता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend