logo
  • शनिबार, असोज १० २०८३

भञ्ज्याङ्ग चुदरीगाउ पौदी अरेवा सडक पनि बहुवर्षेमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, पुष २५ ।
ग्रामिण सडकहरुलाई स्तरोन्नती गरी जनतलाई सहजता पु¥याउने अभियान अन्तर्गत गुल्मीको महत्वपूर्ण सडक भञ्ज्याङ्ग कालीमाटी चुँदरीगाउँ मुसिकोट पास्ती पौँदी अरेवा सडक पनि बहुवर्षे आयोजनाका लागि प्रकृया शुरु भएको छ । जिल्लाको १ नम्बर क्षेत्र हुँदै बाग्लुङ्गसम्म जोड्ने उक्त सडक बहुवर्षे आयोजनामा राखि बजेट विनीयोजन गर्नका लागि बिस्तृत आयोजना प्रतिवेदन (डिपीआर) गर्ने प्रकृया शुरु गरीएको हो ।

गाउँका जनतालाई सेवा दिने अभियानसडक सुधार अभियान लागेको नेकपा माओवादी केन्द्रले उक्त सडकलाई बहुवर्षे आयोजनाका लागि प्रकृया शुरु गरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य खुम बहादुर थापाले बताए । अहिलेसम्म रातडाँडासम्म पुल बनेर सहज भएपनि त्यहाँबाट बडागाउँ, मुसिकोट हुँदै पौँदी अमराई, नेटा लगायतका गाविसका जनता दर्जनौँ जंघार तरेर खोलाको यात्रा गर्नुपर्ने अवस्था छ ।

बर्खामा निस्तिखोला उर्लिँदा यातायात नै बन्द हुने र हिउँदमा पनि खोलामा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन यो सडक बहुवर्षे आयोजना अन्तर्गत राखी निर्माणका लागि पहल गरीएको थापाको भनाई छ । ‘दुई दर्जन बढी ठाउँमा खोला गरेर हिँड्नुपर्ने अप्ठ्यारो बाटोबाट मुक्ति दिलाउन यो सडक निर्माणका लागि पहल गरेका छौँ’ थापाले भने ‘अव भञ्ज्यांङ्ग चुदरीगाउँ पास्ती देखि अरेवासम्म यो सडक बन्यो भने त्यो समस्या हट्छ ।’

उक्त सडक निर्माण भएपछि वाग्लुङ्गको तीन नम्बर क्षेत्रबाट गुल्मीको सदरमुकाम पुग्न सबैभन्दा छोटो पर्ने छ । त्यसैले खर्वाङ्ग देखि बुर्तिबाङ्ग हुँदै ढोरपाटन सम्मका जनतालाई गुल्मी हुँदै बुटवल झर्न र गुल्मी हुँदै ढोरपाटन सम्म यात्रा गर्नेहरुलाई पनि सहज हुने छ । यसले ढोपाटन रेसुङ्गाको पर्यटन विकासका लागि पनि सघाउने थापाको भनाई छ ।

बहुवर्षे सडकका लागि पहिला डिपीआर पूरा गर्नुपर्ने भएकोले डिपीआर पूरा हुनेवित्तीकै बहुवर्षे अन्तर्गतको बजेट विनीयोजन हुने सडक विभागले बताएको छ । यसका लागि अर्थ मन्त्रालयमा रहेका माओवादी केन्द्रका नेता निमकान्त डाँगी जितजंगको पनि पहल रहेको छ ।

अहिले गुल्मीको सेउघा सिमाहघाट भनभने पूर्कोटदह सडक पनि बहुवर्षेका लागि डिपीआर प्रकृयामा छ । माओवादी नेता बुद्धि जिसिको पहलमा उक्त सडक बहुवर्षे आयोजनाका लागि पहल भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend