साझा नेटवर्क
महेश कार्की, कतार ।
ठकुरी सहयोग संजाल कतारको नयाँबर्ष शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक प्रस्तुती संगै बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । संजालका अध्यक्ष श्रीराम मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनेश तामाङ प्रमुख अतिथि रहेका थिए ।
वसन्त फिल्मस प्रा.ली.का प्रवन्ध निर्देशक तथा सन्जालका मानार्थ सदस्य ईश्वर काफ्ले र संजालका प्रमुख सल्लाहकार रेशम शाही विशेष अतिथि रहेका थिए । कतारमा सामाजिक अभियानमा अग्रसर विभिन्न संघ संगठन प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायत अतिथि रहेका थिए ।
कार्यक्रममा संजालका सचिव बबि शाहीले स्वागत मन्तव्य राखेका थिए । कतारमा रहेका विभिन्न सस्थाका कलाकारहरुले विभिन्न नित्य तथा गित गाएर कार्यक्रमको सोभा बढाएका थिए भने कतारी अतिथि कलाकारहरुले पनि विभिन्न रोचक नित्य तथा जादु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले ठकुरी सहयोग संजालले गरेका कामको प्रसंशा गर्दै अङ्ग्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान गरेका थिए । कतारको रमणीय स्थल (चिडियाखाना) अल्दोसरी जु पार्कको मैदानमा सम्पन्न कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।
अनाथ बालबालिकालाई शैक्षिक कोष स्थापनाका लागि आयोजना गरिएको कार्यक्रमको संचालन संजालका महासचिव बिबेक मल्ल ठकुरी र ईमान शिह ठकुरीले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend