logo
  • शनिबार, साउन ३० २०८३

मेधेसीलाई संबिधानको धारमा ल्याउन संशोधन प्रस्ताव : नेता पुन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी पुस २५ ।
नेकपा माओवादी केन्द्रका सचिव वर्षमान पुनले मेधेसीलाई संबिधानको धारमा ल्याउन संबिधान संशोधन प्रस्ताब ल्याएको बताए । पार्टी कामको शिलसिलामा गुल्मी आएका नेता पुनले सोमबार प्रेस सेन्टर नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट संबिधानको स्वीकार्यता वढाउनु र निर्वाचनमा जानु मुख्य उदेश्यले संबिधान संशोधनको प्रस्ताव ल्याएको बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले सरकारले मधेसीलदहरुलाई संबिधानको धारमा ल्याएर स्वीकार्यता वढाउनको लागी पनि संशोधन प्रस्ताव ल्याएको बताए । उनले सरकारले संसदमा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दुरी घटने दाबी गरे । नेता पुनले सरकार संसदमा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्ने स्वाभाबिक रहेको बताए ।
संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानिय तहको निर्वाचनमा गए संबिधानको कार्याव्यन पनि अघि बढेने उनको भनाइ छ । नेता पुनले अब संबिधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको बिकल्प नरहेको बताए ।

आउँदो बैशाखको अन्तिम सम्म हुनेगरि स्थानिय तहको निर्वाचनको मितितय हुने बताए । उनले सरकारले ल्याएको संबिधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने बातावारण बन्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend