logo
  • शनिबार, भाद्र २० २०८३

निशुल्क आँखा शिविरमा १३ सय १० आखा रोगीले सेवा लिए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बिमल खड्का, पुष बागलुङ २४।
हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा बाग्लुङ उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङको आयोजनामा शुक्रदेखि बुर्तिबाङमा संञ्चालन भएको ३ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ ।
तिन दिनसम्म सञ्चालन भएको सिविरमा ७ सय ५५ जना महिला र ५ सय ५५ जना पुरुष गरि कुल १ हजार ३ सय १० जनाले सेवा लिएका छन भने ती मध्य ८४ जनाको आँखा अप्रेसन गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले जनाएको छ । आखाँका रोगीहरुको स्वास्थ्य लाभका लागी निशुल्क आँखा चेकजाँच, औषधी उपचार तथा अप्रेसन सीवीर सञ्चालन गरिएको हो ।
नेपाल नेत्रज्योती संघ बाग्लुङको समेत संयोजन रहेको उक्त शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, नेपाल रेडक्रस सोसाईटि उपशाखा बुर्तिबाङ, महिला सेवा केन्द्र बुर्तिबाङ, बुर्तिबाङ गाउँ विकास समिति, इलाका प्रहरी कार्यालय, महिला समन्वय समिति, बुर्तिबाङ राइजिङ युवा क्लब, होटेल व्यावसाय, फेन्सी व्यावसाय, फोटो व्यावसाय, ग्रील तथा फर्निचर व्यावसाय, स्थानीय संचार माध्यम लगायत बुर्तिबाङ स्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्य रहेको थियो ।

शुक्रबारदेखि शुरु भई आज तिन दिन सम्म सञ्चालन भएको उक्त सिविरको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो । शिविरमा हिमालयन आँखा अस्पताल पोखराका बरिष्ट डाक्टर हरि विक्रम अधिकारीको नेतृत्वमा अन्य स्वास्थ्यकर्मीहरुको टोलीले आँखाको चेकजाँच, औषधी उपचार र आँखाको अप्रेशन गरेको बताइएको छ ।

शिविरलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि शिविरमा आवश्यक स्वयंसेवक उपसमिति, आर्थिक उपसमिति र व्यवस्थापन उपसमितिको गठन गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष निमलाल पाण्डेले बताउनु भएको छ ।
सिविरमा आँखामा मोतियाँ विन्दु भएका तथा आँखा सम्बन्धी अन्य समस्या भएका र आँखाको अप्रेशन गर्नुपर्ने रोगीहरुले सेवा लिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend