logo
  • शनिबार, असोज १० २०८३

विधालय व्यवस्थापन समितिको पुर्नगठन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिश शर्मा गैरे, गुल्मी पुष २४ ।
कुर्घाको काप्रे ४ मा रहेको शिव प्राथमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समितिको पुर्नगठन गरिएको छ । अभिभाबहक, बुद्धिजिवि, समाजसेवी, शिक्षाप्रेमी लगायतको बिशेष भेलाले राम प्रसाद अर्यालको अध्यक्षतामा ब्यबस्थापन समितिको गठन गरिएको हो ।

जसको सदस्यहरुमा कृष्ण खराल, शुर्मीला अर्याल, कोपीला अर्याल, रेणुका भण्डारी, मान बहादुर गुरुङ्ग तथा शिक्षक प्रतिनिधिमा कल्पना खराल, प्रद्यानाध्यापक हिमलाल भट्टराइ रहनुभएको छ । त्यसैगरी भेलाले शिक्षक अभिभाबहक संघको अध्यक्षमा गम्जा बहादुर गुरुङ्ग चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, प्रद्यानाध्यापक हिमलाल भट्टराइ, अध्यक्षमा चयन हुनुभएका राम प्रसाद अर्याल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दिल बहादुर गुरुङ्गको अध्यक्षता, शिक्षक बिमला शर्माको स्वागत तथा शिक्षक कल्पना खरालको सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend