साझा नेटवर्क
विमल खड्का, बागलुङ पुष २३ ।
भीमगिठे गाउँ विकास समिति वडा नं. २ स्थित सुरकुडी खानेपानी आयोजनाको काम तीब्र गतिमा अघि बढेको बताइएको छ । रणसिंहकिटेनी वडा नं. ३ घोरघोरे भोटेपिपलमा रहेको पानीको मुहानबाट भीमगिठेको सुरकुडीमा पानी ल्याउन लागिएको हो ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङको आर्थिक सहयोगमा पन्चवर्षिय योजना अनुसार उक्त योजनाको काम तीव्र गतिमा अगाडि बढेको छ । यस खानेपानी आयोजनामा भोटेपिपलदेखि भीमगिठेको सुरकुडीसम्मको दुरी निकै लामो अर्थात १३ हजार ५ सय मिटरको दुरीमा पर्ने गर्छ ।
पन्चवर्षिय योजना अन्तरगत आ.व. २०७०/७१ मा मुहानमा इन्टेक, कलेक्सन निर्माण गरि १ हजार ८ सय मिटर पाइप लाइन निर्माण भएइको थियो भने आ.व. २०७१/७२ मा ३ हजार ५ सय पाइप लाइन पुरा भएको थियो ।
त्यसैगरि आ.व. २०७२।७३ को बजेटबाट बाँकी पाइप लाइन ८ हजार २ सय मिटर पुरा गरि आगामी २०७४ साल बैशाख महिनासम्म खानेपानी आयोजनाको काम पुरा गरि सुरकुडी गाउँसम्म पानी ल्याई पुराउने लक्ष्यका साथ काम अघि बढेको सुरकुडी खानेपानी आयोजनाको सदस्य टेक बहादुर थापाले जानाकारी दिनुभएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङको ३ करोडको आर्थिक लागतमा पन्चवर्षिय योजना मार्फत सम्पन्न गर्न लागिएको यस योजनाबाट भीमगिठेको अत्यन्त दुर्गम बस्ती सुरकुडीका करिब ४६ भन्दा बढी घरका उपभोक्ताहरु लाभान्वित हुनेछन् ।
खानेपानीको अभावका कारण यस क्षेत्रका उपभोक्ताहरु लामो समयदेखि कुवा र खोल्साको पानी पिउन बाध्य भएका छन् । यो खानेपानी आयोजना सम्पन्न भयो भने सुरकुडी गाउँका सबै बासिन्दाहरुलाई खानेपानीमा सहजता हुने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend