logo
  • शनिबार, असोज १० २०८३

बागलुङको भिमगिठे गाविसमा २५ औं गाउँ परिषद् सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल खड्का, बागलुङ पुष २३ ।
भिमगिठे गाउँ विकास समितिको २५ औं गाउँ परिषद आज सम्पन्न भएको छ । गत पौष १८ गते गठन भएको एकीकृत योजना तर्जुमा समितिको निर्णय अनुसार उक्त गाउँ परिषद आज सम्पन्न भएको हो ।

गाविस स्तरमा प्राथमीकीकरण भएका योजनाहरु अनुसार उक्त गाउँ परिषदले आर्थिक वर्ष २०७३ । ७४ को बजेट विनियोजन गरिएको छ । जस अनुसार कुल बजेटको ५१ लाख ७५ हजार ८ सय ७७ रुपैयाँ मध्ये पुँजीगत तर्फ २५ लाख ८७ हजार ९ सय ४३ र चालुतर्पm ५ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ ।

लक्षित समूह र अन्य गरि पचास पचास प्रतिशतले पुँजीगत तर्फको बजेट विनियोजन गरिएको छ । विनियोजित बजेट अनुसार कृषितर्फ ७ लाख ७६ हजार ३ सय ८३, महिलाका लागि ५ लाख १७ हजार ५ सय ८८, बालबालिका तर्फ ५ लाख १७ हजार ५ सय ८८, अपाङ्ग, दलित, ज्यष्ठ नागरिक, जनजातिका लागि ७ लाख ७६ हजार ३ सय ८३ रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरि पुँजिगत तर्फ २५ लाख ८७ हजार ९ सय ४३ मा १ लाख ३० हजार ५ सय ८७ कन्टेन्जन्सी कटाई कुल २४ लाख ८४ हजार ४ सय २६ बजेट विनियोजन गरिएको छ ।

जसमध्ये गाविसलाई मोटर साइकल खरिदका लागि २ लाख ५० हजार, ल्यापटप खरिद ४८ हजार, पूर्ण खोप कार्यक्रमका लागि ७० हजार, प्रशुति सेवाका लागि १ लाख ३० हजार, वडा नं. २ को पम्पीङ सिंचाइका लागि ८६ हजार ४ सय २६, डाँडा गाउँ गाब असारे हुँदै खुँगा जोड्ने मोटर बाटोका लागि ५ लाख, रणसिंह किटेनी मोटर बाटोका लागि ५ लाख,दोबाटा हुँदै डाँडाँ गाउँ जोडने मोटर बाटोका लागि १ लाख ५० हजार, थाम्का हुँदै सैरेनी मोटर बाटोका लागि १ लाख ५० हजार, रानीबन हुँदै घोपर्ना जोड्ने मोटरबाटोका लागि १ लाख, भीमगिठे उमावि भवन मर्मतका लागि २ लाख, बुद्ध मावि भवन निर्माणका लागि १ लाख ५० हजार, सुरकुम्डे प्राविको भवन निर्माणका लागि ५० हजार ,आदित्य प्राविका लागि ५० हजार, इलाका प्रहरी कार्यालय भवन निर्माणका लागि ५० हजार बजेट विनियोजन गरिएको छ ।

कार्यक्रममा राजनितिक दालका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि,समाजसेवी बुद्धिजीवी लगाएत स्थानीयवासीको उपस्थिति रहेको थियो । गाउँ विकास समितिका सचिव सुरज कुमार मलेपतिको अध्यक्षता, सामाजिक परिचालक तुल्सी घर्तीको स्वागत मन्त्व्य रहेको उक्र कार्यक्रमको संचालन स्वास्थ्यचौकी प्रमुख विपेन्द्र प्रताप केसीले गर्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend