साझा नेटवर्क
बिमल खड्का, बागलुङ पुष २४ ।
जिल्लाको बुर्तिबाङमा स्थित इलाका प्रहरी कार्यलय बुर्तिबाङमा नवआगन्तुक प्रहरी निरिक्षक र स्थानिय विच आज परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङको आयोजनामा बुटवल तालिम केन्दबाट भर्खर मात्र सरुवा भई इलाका प्रहरी कार्यलय बुर्तिबाङमा आउनु भएका नवआगत प्रहरी निरीक्षक कृष्ण बहादुर राणा मगर र स्थानियबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक कृष्ण बहादुर राना मगरले कसैको दबाबमा नपरी स्थानीय सबैसँग सहकार्य र पारदर्शी रुपमा कानुनबमोजिम आफुले काम गर्ने र बुर्तिबाङ क्षेत्रमा रहेका बिभिन्न सामाजिक अपराधका घटनालाई न्युनिकरण तर्फ आफु सक्रिय हुने उहाँको भनाई रहेको थियो । साथै उहाँले आफ्नो कार्यमा सहयोग र सहकार्य गर्न सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसका मेशलाल शर्मा, नेकपा एमालेका टंक पौडेल, माओबादी केन्द्रका चन्द्रलाल अर्याल, महिला प्रतिनिधि दुर्गादेवि घर्ति मगर, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानियहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरी प्रशासनबाट जनतालाई सहज र निष्पक्ष सेवा प्रदान गर्नुपर्ने, बुर्तिबाङ बजारमा मात्र प्रहरी गस्ती नभई अन्य क्षेत्रमा पनि शान्ति सुरक्षाका लागि निरीक्षण र अनुगमन गरिनुपर्ने, जिल्ला सदरमुकामदेखि बुर्तिबाङ निकै टाढा भएकाले सामान्य घटना र मुद्दाहरुलाई दुख दिने गरि जिल्लामा पठाउन नहुने लगायतका अनुरोध सहित आग्रह गरेका थिए । कार्यक्रम इलाका प्रहरी कार्यलय बुर्तिबाङका सहायक निरिक्षक नारायण शर्माको सञ्चालनमा सम्पन्न भएकोे थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend