साझा नेटवर्क
कृष्ण बिसी, पाल्पा पुष २४ ।
पाल्पाको रामपुरमा पुस २७ गतेदेखि माघको ८ गतेसम्म सञ्चालन हुन लागेको प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा हेलिकप्टरबाट कालीगण्डकी क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिने भएको छ । ऐतिहासिक एवं धार्मिक क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्नेगरी हेलिकोप्टरबाट दृश्यवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
५ मिनेटको समयावधिमा खुल्ला आकाशबाट कालीगण्डकी उपत्यका साथै हिमाल, पहाड र तराईका मनोरम दृश्यावोलकन गर्न सकिने उद्योग बाणिज्य सघं रामपुरका महासचिव कृष्ण पौडेलले बताए । कम्तीमा २ सय ५० स्टल रहने उक्त मेलामा कृषि तथा पशु प्रर्दशनी,महिला उद्यम,राष्ट्रिय कलाकारको प्रस्तुति स्थानिय परम्परागत नाँच,बाल उद्यान जस्ता कार्यक्रमहरु रहने आयोजकले जानकारी दिएको छ ।
रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना र रामपुर नगरपालिकाको आयोजनामा रामपुर बेझाँडको खुला मैदानमा हुने महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको सघंका अध्यक्ष भोजेन्द« ढकालले जानकारी दिए । पाल्पाको सदरमुकाम तानसेनदेखि ७० किलोमिटर पूर्वको उदाउँदो सहरका रुपमा रामपुर अघि बढेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend