साझा नेटवर्क
कृष्ण बिसी, पाल्पा पुष २२।
पााल्पाको तानसेनमा आउदो फागुन १२ गते देखी २२ गते सम्म पाल्पा महोत्सव हुने भएको छ । “पाल्पामा कृषि, पर्यटन, उद्योग र ब्यापार, अवसर र संभावना छ अपार” भन्ने मुल नाराका साथ तानसेनको टुडिखेलमा महोत्सव हुने भएको हो । महोत्सवको बारेमा आज पत्रकार सम्मेलन गरेर उद्योग बाणिज्य सघं पाल्पाले जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सघंका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जिल्लाको आर्थिक, सामाजिक बिकासमा टेवा पुग्नुका साथै कृषि पर्यटन,उद्योग ब्यवासायको प्रबद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र साँस्कृतिक पहिचानलाई अझ बढि प्रचारात्मक बनाई आन्तरिक तथा बाह्य पर्यटक अभिबृद्धि गर्ने लक्ष्य लिएको बताए । सम्मेलनमा ११ औ सस्कंरण रुपमा हुन लागेको महोत्सव जिल्लाबाट उत्पादन हुने बस्तु तथा सेवाको प्रर्दशनी, बिक्री, बितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको प्रर्दशनी गरिने जानकारी गराईयो ।
३ सय देखी ४ सय स्टल रहने,२ लाख ५० हजर अबलोकनकर्ता आउने आकंलन गरिएको र ८ करोड रुपैया बराबरको कारोवार हुने अनुमान लिएको सघंले जानकारी गराएको छ । पाल्पा उद्योग बाणिज्य सघंको मुख्य आयोजना, नेपाल उद्योग बाणिज्य महासघंको आयोजनामा हुन लागेको महोत्सवमा जिल्ला बिकास समिती,तानसेन नगरपालिका,जिल्ला कृषि बिकास कार्यलय,घरेलु तथा साना उद्योग कार्यलय पाल्पा सहआयोजक रहेका छन ।
महोत्सवमा स्थानिय सँस्कृतिको प्रर्बद्धन,राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति,घरेलु उद्योग,वालन नाच,लाखे नाच,फोटो प्रर्दशनी,खुल्ला तथा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता,पाल्पाली करुवा,ढाका र अदुवाको बिशेष प्रर्दशनी लगाएतका आर्कषक रहने आयोजकले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend