साझा नेटवर्क
बिमल खड्का, बागलुङ पुुष २२।
हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा बाग्लुङ उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङको आयोजनामा आजदेखि बुर्तिबाङमा ३ दिने निशुल्क आँखा शिविर सञ्चान भएको छ । आखाँका रोगीहरुको स्वास्थ्य लाभका लागी निशुल्क आँखा चेकजाँच, औषधी उपचार तथा अप्रेसन सीवीर सञ्चालन गरिएको हो ।
नेपाल नेत्रज्योती संघ बाग्लुङको समेत संयोजन रहेको उक्त शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, नेपाल रेडक्रस सोसाईटि उपशाखा बुर्तिबाङ, महिला सेवा केन्द्र बुर्तिबाङ, बुर्तिबाङ गाउँ विकास समिति, इलाका प्रहरी कार्यालय, महिला समन्वय समिति, बुर्तिबाङ राइजिङ युवा क्लब, होटेल व्यावसाय, फेन्सी व्यावसाय, फोटो व्यावसाय, ग्रील तथा फर्निचर व्यावसाय, स्थानीय संचार माध्यम लगायत बुर्तिबाङ स्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्य रहेको छ ।
आजदेखि शुरु भई पौष २४ गते सम्म सञ्चालन हुने उक्त सिविरको आज विहान एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं हिमालयन आँखा अस्पताल पोखराका बरिष्ट डाक्टर हरि विक्रम अधिकारीले मेसिनद्धारा विरामीको आँखा चेक गरि शिविरको उद्घाटन गर्नुभएको थियो ।
डाक्टर अधिकारीको नेतृत्वमा अन्य स्वास्थ्यकर्मीहरुको टोली शिविरमा खटिएको बताइएको छ । नाम दर्ताको लागि विरामीहरु रातीदेखि नै लाइनमा बसेका थिए । शिविरलाई व्यवस्थित बनाउन स्वयं विरामीहरु लाइनमा उपस्थित भई पाखुरामा मार्किङ गरि नाम दर्ता गरिएको उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्माले बताउनु भएको छ ।
शिविरलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि शिविरमा आवश्यक स्वयंसेवक उपसमिति, आर्थिक उपसमिति र व्यवस्थापन उपसमितिको गठन गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघ बुर्तिबाङ एकाइका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता र प्राथमिक स्वाथ्य केन्द्र बुर्तिबाङका कार्यबाहक अध्यक्ष दल बहादुर भण्डारीइको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन घनश्याम चालिसेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सहयोगी संस्थाका प्रतिनिधि, आयोजक संस्था र रेडक्रश शाखाका प्रतिनिधि, समाजसेवी, पत्रकार लगायतको उपस्थिकित रहेको थियो । शिविरको आज पहिलो दिन पुरुष २ सय ९० र महिला ३ सय ६५ गरि जम्मा ६ सय ५५ जनाले सेवा लिएका छन् जसमध्य २० जनाको आँखा अप्रेशन गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend