साझा नेटवर्क
काठमाडौं, पुष २२।
बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रवार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हृदयघातका कारण ओमजीको आज बिहान निधन भयो,’ पुरीका नजिकका साथी अशोक पण्डिलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले जनाएको छ।
सन् १९७६ मा मराठी फिल्मबाट करियर सुरु गरेका पुरीले इन्डियन, पाकिस्तानी, ब्रिटिस र हलिउड फिल्महरुमा अभियन गरेका छन्। उनले भारतको पद्मश्री, नेश्नल अवार्डलगायत अवार्ड जितेका छन्।
उनले बलिउडको अर्धसत्य, आक्रोश, जानेभी दो यारो, बभनी भाभी, मिर्च मसाला, धरबी लगायतका हिट फिल्ममा काम गरेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend