साझा नेटवर्क
गुल्मी, पुस २१ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी द्धरा आज भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्थाहरुको जिल्ला सञ्जाल गठन गरिएको छ ।
मुलुकमा बढ्दो भ्रष्टाचार र सार्वजनिक सेवाको अवस्था कष्टाकर बन्दै गएको साथै नियन्त्रणमा राज्यको भूमिका प्रभावकारी बन्न नसकिरहेको अवस्थामा भ्रष्टाचार विरुद्धको सहकार्य सुदृढ र सवल बनाउन भ्रष्टाचार विरुद्ध सक्रिय जिल्ला स्थित नागरिक संस्थाहरु बीच छलफल गरी भ्रष्टाचार विरुद्ध क्रियशिल संस्थाहरुको गुल्मी जिल्ला सञ्जाल गठन गरिएको छ ।
उक्त भ्रष्टाचार विरुद्ध क्रियशिल संस्थाहरुको जिल्ला सञ्जाल गुल्मीको संयोजकमा सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेय रहनु भएको छ । सदस्यहरुमा नेपाल नागरिक समाज गुल्मीको तर्फबाट श्री कृष्ण पोख्रेल,गैर सरकारी संस्था महासंघ नेपाल गुल्मीको तर्फबाट हरी पोख्रेल, श्रृजनशिल सामुदायिक विकास केन्द्रको तर्फबाट गणेश श्रेष्ठ, गुल्मी उधोग वाणिज्य महासंघको तर्फबाट ईश्वरी पौड्याल र नेपाल पत्रकार महासंघको तर्फबाट जर्नादन घिमिरे रहनु भएको छ ।
साथै सुशासन अभियान गुल्मीका कार्यसमितिका पदाधिकारी एवम् सल्लाहकार हरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रमको सहजिकरण संस्थाका सह–सचिव अधिवक्ता विनोद पाण्डेले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend