साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
कतारमा नेपलली फिल्मी बजारका चर्चित हस्ती नायक आर्यन सिग्देल, र नायिका नम्रता श्रेष्ठ द्वारा अभिनित चलचित्र क्लासिकको प्रिमियर गरिएको छ । स्वयम् नायक सिग्देल उपस्थित रहेको सोमा कतारका नेपाली फिल्मका शुभचिन्तकले आफ्नो मन पर्ने हिरोको साथमा फूलमा हेरेर मजा लिएका थिए । कार्यक्रममा आर्यन सिग्देललाई सम्मान गरिएको थियो ।
करिव एक बर्ष पहिला नेपालमा रिलीज भएको यो नेपाली चर्चित फिल्मले नेपाली दर्शक मन जित्न सफल हुदै नेपाली अवार्ड कार्यक्रममा विभिन्न विधामा अवार्ड समेत जितेको थियो । नेपाली सिने क्षेत्रमा आर्यन सिग्देललाई अहिलेको अवस्थामा अभिनय र पारिश्रमिकको हिसावले माथिल्लो दर्जाको कलाकार मानिन्छ ।
पछिल्लो समयमा एसियन टाउनको स्टेडियममा कार्यक्रममा आएका सिग्देल एक महिना भित्रै फेरी आफ्नो फिल्मको प्रिमियरको लागी कतार आएका छन् । नेपाली सिने जगतलाई माया गर्ने दर्शकहरुको मन मुटुमा स्थान बनाएका सिग्देललाई कतार सम्म ल्याउले काम मितेरी सिने युनिटले गरेको छ । युनिटले फिल्मको प्रोमोसनको साथै सम्पूर्ण ब्यबस्थापनको समेत जिम्मा लिएको थियो ।
फिल्मको प्रिमियरको लागी संयोजनका लागी केशव भट्टाराई जिम्मा लिएका थिए । चलचित्र राम्रो भए पनि प्रचारप्रसार कमीका कारण हलमा दर्शकहरुको उपस्थिति कम रहेको थियो । आर्यन सिग्देलको हुन् रुपको क्रेज सिने बजारमा छ त्यो कतारको सिने हलमा देख्न सकिएन । एकै दिनमा हुने ४,५ उस्तै कार्यक्रमको परिणाम पनि सोमा दर्शकको कमि हुन सक्छ ।
मितेरी सिने युनिट भर्खर कतारमा पलाउदै गरेको पालुवा हो । यस युनिटले नेपाली साना पर्दाका फिल्म लगायत नेपाली म्युजिक भिडियो समेत निर्माण गरेको छ । युनिटले आफुले बनाउदै गरेको र आउदै गरेको आफ्ना सृजनाहरुलाई कार्यक्रममा देखाएको थियो ।
गत सुक्रबार सनैयाको कर्वा बसपार्क पछाडी रहेको सिने हलमा सम्पन्न भएको सो को प्रमुख अतिथिमा अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष भविन्द्र तामांग रहेको कार्यक्रमको सभापतित्व मितेरी सिने युनिटका अध्यक्ष सलिम मियाले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend