साझा नेटवर्क
काठमाडौं, पुष २०।
प्रधानमन्त्री, प्रहरी प्रमुख, मुख्य सचिवजस्ता महत्वपूर्ण कार्यकारी पदको कुरै छाडौं, यी त राजकीय संयन्त्रका कुरा भए तर अमुक पार्टीको कुन नेतालाई कस्तो दर्जा दिने, कुन जिम्मेवारीमा राख्ने भन्ने कुरामा समेत दक्षिणले माइक्रो म्यानेजमेन्ट गर्दोरहेछ ।

देशकै ठूलो पार्टी नेपाली कांग्रेसको कथा हो यो । कोइराला परिवारबाट पार्टीको बागडोर हत्याउने के के खेल भए त्यो दुनियाँलाई थाहा छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ । को–कोसँग के–के बाचा कसम गरिएको थियो, त्यो पनि समयक्रमा खुल्दैछ ।
तर शेरबबहादुर देउवाले उतिबेला गरिएका कतिपय बाचा पूरा गर्न नसक्नुको दोषचाहिँ भारतीय खुफिया एजेन्सी ‘रअ’ का निवर्तमान प्रमुख राजेन्द्र खानलार्इ लगाउन थालिएको छ । यतिका महिना बितिसक्यो मलाई किन अहिलेसम्म उपसभापति नबनाएको ? ’
खुमहादुर खड्काले र्याखर्याख्ती पारेपछि देउवाले आफ्नो मजबुरी प्रकट गरेछन् । ‘मैले तिम्लाई बनाउन नसक्ने भएँ । विमल (विमलेन्द्र निधि)लाई नै त्यो पद दिन पारिले कचकच गरेको छ । उनको स्पष्टीकरण थियो, ‘पारिलाई चिढ्याएर तिमीलाई उपसभापति दिन सक्दिनँ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend