logo
  • शुक्रबार, असोज ९ २०८३

गायक सेन्चुरीको आवाजमा “दास बनेर” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, पुष २० ।
रुपन्देही जिल्ला रुद्रपुर गा. बि. स. १ अस्नैयामा जन्मिएका घरका सबैभन्दा जेठा सन्तान गायक खेम सेन्चुरी बिगत ६/७ बर्ष देखी गीत सँगितको क्षेत्रलाई आफ्नो जिबिकोपार्जन गर्ने कर्मथलो बनाउदै र यही क्षेत्रमा सँघर्ष गर्दै आई रहेका छन । अहिलेका चर्चित गायक खुमन अधिकारीलाई आफ्नो गुरू ठान्ने खेम सेन्चुरी केही बर्ष गुरू खुमनसँगै बसेर गीत सँगितका बारेमा धेरै ज्ञान सिकेको र सुरूका दिनमा काठमाण्डौमा बस्नको लागी गुरू खुमन अधिकारीले गरेको सहयोगको पनि खुलेरै मुक्तकण्ठले बर्णन गर्छन ।

गरूले सिकाएको बाटोमा त्यसै अनुसार आज पनि गीत सँगितमा पाईला बढाई रहेको छु र सधै भरी गुरूको आज्ञा पालना गर्ने छु भनेर जानकारी गराएका छन । गायक खेम सेन्चुरीले सुरूका सँघर्षपुर्ण दिनहरूमा ३ बर्ष दोहोरी रेष्टुरेण्टमा गीत पनि गाएका थिए । हाल बिभिन्न स्थानमा हुने मेलापर्ब, महोत्सवका सांस्कृतिक कार्यक्रममा खोजिने कलाकार मध्यमा खेम पनि रोजाईका कलाकार मध्यमा पर्दछन ।

सर्जक तथा गायक खेम सेन्चुरीले सृजना गरेका र श्वर दिएका गीतहरूमा “ए हावा जाउ ए बादल जाउ, पागल प्रेमी किन हुन्थेर, जय जय बाबा बम बम भोले, गरेको गरैछु गरेको गरै छु, सोल्तिनी तिम्ले आँखा मारेउनी, आपैको अचार, जुरेली चरी डाली डाली छ, फुर फुर गर्ने पुतली भुरभुर गर्ने मैना, मेरो बोके दारी, सालैजो, रोइला, कौडा” गरी लगभग दुई सय भन्दा बढी गीत सृजना गरी सकेका छन । माथी उल्लेखित गीतहरू मध्य धेरैमा लय र शब्द सृजना गरेका छन भने केही गीतमा आफ्नो जादुमयी श्वर पनि दिएका छन ।

यसैक्रममा हालै शुभारम्भ डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुति रहेको देबी खनालको लोक दोहोरी गीत “दास बनेर” नयाँ साँगितिक कोशेली बजारमा आएको छ । यस गीतमा चर्चित सर्जक नेत्र अर्यालले मर्मस्पर्सी शब्द लेखेका छन भने लय देबी खनालले सृजना गरेका हुन । यही “दास बनेर” बोलको गीतमा गायिका बिस्नु माझी र गायक खेम सेन्चुरीले आफ्नो जादुमयी आवाज दिएका छन ।

गीत मार्मिक मर्मस्पर्शी र गाउ घरमा हुने गरेका यथार्थ घट्नालाई गीतको शब्द मार्फत र सँगित मार्फत ब्यक्त गरिएको छ । यो गितको म्युजिक भिडियोमा चर्चित मोडल रन्जिता गुरूँग र साँगितिक क्षेत्रका चर्चित गायक कुलेन्द्र बिश्वकर्माले राम्रो अभिनय गरेका छन । कुलेन्द्रले आफु गायकीमा मात्र होईन, अभिनयमा उस्तै प्रतिभा छ भनेर खुबी देखाएका छन ।

यो “दास बनेर” गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन । साथै दास बनेर गीत सबैको रोजाईमा परेको अहिलेको चर्चित स्टुडियो “मालश्री रेकर्डिँग स्टूडियो” मा रेकर्ड भएको हो भने यस गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन । शुभारम्भ डिजीटल म्युजिक प्रा.लि.का सँचालक शम्भु कुँवरले लेकबेशी म्युजिक डट कमलाई बताए अनुसार दास बनेर गीतले गीत सँगितका पारखीहरूको मन छुन सफल भएको र गीतले चर्चा बटुली रहेको भनेर जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend