logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा यसवर्ष सुन्तला उत्पादनमा बृद्धि


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अनिल खत्री, गुल्मी पुस २० ।
गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्लामा यस वर्ष ३ हजार १ सय ६ टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि बिकास कार्यलय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा १८ प्रतिशतले सुन्तला उत्पादन बुद्धि भएको छ । जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले ३५ प्रतिशत सुन्तला टिप्न बाकी रहेता पनी पछिल्लो संकलित बिवरण अनुसार उत्पादन बृद्धि बढेको हो ।जिल्लामा गत वर्ष २ हजार ६ सय ३२ टन उत्पादन भएको थियो ।
जिल्लामा सुन्तला उत्पादन बृद्धि दर बढनुमा सुन्तला खेत तर्फ किसानहरु आकर्षित हुनुु तथा व्यावस्थित तरिकाले खेत गर्नु सगै जिल्ला कृषि बिकास कार्यलय गुल्मी र कृषि सहकारी, कृषक बाट बगैचा सुढृढीकरण, मल, किटनासक बिषाधी प्रयोग, बिरुवा काटछाट गरिएको र यस वर्षात वढी भएको, हावाहुरी कम भएकोले उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यलय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए । जिल्लामा उत्पादन सुन्तला १० करोड ९८ लाख ५७ हजारको कारोबार भएको अधिकृत महतोले जानकारी दिए ।

जिल्लामा उत्पादन भएको सुन्तला हाल ३५ रुपया प्रति केजी देखि ९० रुपया प्रति केजीमा बिक्रि हुदै आएको छ । जिल्लाका प्रायजसो सबै गाविसहरुमा सुन्तला खेती गरेतापनि व्यास्थित र सुन्तला उत्पादन को लागी व्यावस्थित मानिने गाविसहरु अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ्ग, रेसुङ्गा नगरपालिका, पिपलधारा, हाडहाडे, नयाँगाउ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदह, लगायतका गाविसहरुमा कृषकहरुले सुन्तला उत्पादन गर्दै आएका छन् ।

अन्य गाविसहरुमा सुन्तला खेती गरेतापनि उत्पादन र मौसमका हिसावले त्यति प्रर्याप्त नभएको अधिकृत महतोको भनाइ रहेको छ । गुल्मीमा उत्पादन भएको सुन्तला ६५ प्रतिशत जिल्लामै खपत भएतापनि ३५ प्रतिशत भने जिल्ला बाहिर पाल्पा,वुटवल, पोखरा, काठमाण्डौं लगायका मुख्य बजारमा बिक्री बितरणको लागी लगिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend