logo
  • शनिबार, साउन ३० २०८३

“हाक्का हाक्की अब पक्का पक्की”ले ७५ औ भाग मनायो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, पुष २० ।
चर्चित हास्य कलाकार दमन रुपाखेती निर्देशित नेपाल टेलिभिजन बाट हरेक आइतबार साझ ८:५० बजे प्रसारण हुने चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्की अब पक्का पक्कीले आफ्नो ७५ औ भाग भब्यताका साथ मनाएको छ । विभिन्न समस्याको बाबजुद पनि चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीले आफ्नो ७५ औ भाग सगरौब सम्पन्न गरेकोमा निर्माता राम थापा खुसि ब्यक्त गर्छन ।
विभिन्न समस्या भुकम्प, नाकाबन्दी, मीडियाहबको समस्याहरु बाबजुद पनि हाक्का हाक्की अब पक्का पक्कीले देश काल परिस्थितिलाइ समेटेर लगातार रुपमा आफ्ना श्रृखला नरोकीकन प्रसारण गरेकोमा हाक्का हाक्की अब पक्का पक्की टलिसिरियलको छुट्टै पहिचान भएको भन्दै मुक्त कन्ठले सम्पुर्ण शुभचिन्तक तथा दर्शक हरुले प्रसंशा गरेका छन ।

दमन रुपाखेती द्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्का हाक्की अब पक्का पक्कीले सम समाहिक बिषय बस्तु लाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

 छोटो समयमानै दर्शकको मन मुटुमा बस्न सफल हास्य टेली चलचित्र हाक्की हाक्कीले ७५ औ भाग सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरु लाइ नया नया स्वाद दिन पनि सफल भएको छ । डीएल फिल्म्स द्वारा प्रस्तुत नेपाल टेलिभिजन बाट प्रसारित हास्य ब्यङ्ग टेलि सिरियल हाक्का हाक्की अब पक्का पक्कीमा नेपालका चर्चित कलाकारहरुको समाबेसी रहेका छ ।

जसमा दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, शिब शर्मा (माइलो) जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल मणिराज काफ्ले, सरस्वति खड्का थापा, रेनु शर्मा,सन्तोषराज सापकोटा, यादब थाप, धरणीधर न्यौपाने, पारबन राई,राजन चौलागाई, मणिराज काफ्ले, भीमसेन अधिकारी, राज कुमार कुँवर, प्रमिला न्यौपाने लगायत अन्य चर्चित कलाकार हरु को भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend