logo
  • शनिबार, असोज १० २०८३

त्रिभुवन मावि कुर्घामा विद्यालय व्यावस्थापन समितिको गठन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ पुष १९ ।
श्री त्रिभुवन मावि कुर्घा ५ भुवाचिदिमा विद्यालय व्यावस्थापन समितिको गठन गरिएको छ। आज (मंगलवार) भएको अभिभावकहरुको भेलाले जंग वहादुर रायमाझिको अध्यक्षतामा ७ सदस्यि विद्यालय व्यावस्थापन समिितको गठन गरेको हो ।

जसको सदस्यहरुमा कृष्ण वहादुर रायमाझी, देव वहादुर पछाई, सपना रायमाझी, सिता कार्कि, र बालकुमारी राकस्कोटी रहनु भएको छ। त्यस्तै भेलाले रुद्रहरी शर्माको अध्यक्षतामा शिक्षक अभिभावक संघको समेत गठन गरेको छ। कार्यक्रममा श्रोत व्याक्ति देविराम शर्मा, गाविस सचिव एवं अध्यक्ष पाराश्वर पन्थी, निवर्तमान गाविस अध्यक्ष झविराम शर्मा, विद्यालयका पूर्व सदस्य कमला शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम निवर्तमान विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्क वहादुर खड्काको अध्यक्षता, प्रधानाध्यापक राम वहादुर थापाको स्वागत मन्तव्य तथा शिक्षक दधिराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend