logo
  • शनिबार, साउन ३० २०८३

२४ गते सम्मका लागि संसद बैठक स्थगित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डौ,  पुष १९ ।
व्यवस्थापिका संसदको बैठक आगामी २४ गते सम्मका लागी स्थगित भएको छ । संविधान संशोधनमा सत्तापक्ष–विपक्षको अडान यथावत रहेपछि दलिय सहमतिका आधारमा सुचना टांस गरेर संसद बैठक ६ दिनका लागि स्थगित गरिएको हो ।

दिउँसो १ बजेका लागी बैठक बोलाइएको थियो । दलहरुले अर्को बैठकसम्म सहमति खोजिसक्ने प्रतिबद्धता जनाएपछि अबरुद्ध हुने स्थिति नआओस् भनेर सूचना टाँसेर बैठक स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

एमाले सहितका विपक्षी दलले पुस २२ गते काठमाडौंमा प्रदर्शनको तयारी गरेकाले संसद बैठक लामो समय सम्म स्थगित गरिएको हो । संविधान संशोधन विधेयक असंवैधानिक रहेको भन्दै एमाले सहितका विपक्षी ९ दलले लगातार संसद बैठक अबरोध गर्दै आएका छन् ।

एमाले सहितका दलको अवरोधका कारण लामो समयदेखि संसद चल्न नसक्दा संविधान संशोधन र निर्वाचन सँग सम्बन्धित विधेयक अघि बढ्न सकेका छैनन् । यस्तै अख्तियारका निलम्वित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महा अभियोग प्रस्ताव माथिको छलफल पनि अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend