साझा नेटवर्क
दीलिप पराजुली, दोहा ।
कतारलाई कर्म थलो बनाउदै गरेका मोरंग जिल्ला इटहरा गा बि स भित्रका इटहरा बासी हरु एक जुट भएका छन् । आफ्नु गाउ आफै बनाउ भन्ने हेतुले सम्पूर्ण गाउले भेला भएर कतारमा गत शुक्रबार दोहा भन्दा निकै टाढा सामुन्द्रिक किनारमा बनभोज कार्यक्रम तथा प्रथम साधारण सभा सम्पन्न गरेका छन । उक्त कार्यक्रम बाट नया कार्यसमिति समेत गठन गरेका छन । अधिबेशनबाट युबराज निरौलाको अध्यक्षतामा सात सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।
मोरंग सुनसरी सेवा समाज कतारबाट सम्बन्धन प्राप्त उक्त समाजको सभापतित्व बनभोज संयोजक युबराज निरौला रहेका थिए भने प्रमुख अतिथि मोरंगसुनसरी सेवा समाज कतारका अध्यक्ष टेकनाथ बराल रहेका थिए । यौटा गाबिस भित्रका मानिसहरु लाई एकै ठाममा भेला गर्ने उदेश्यले गरिएको उक्त बनभोज कार्यक्रमलाई मोसु कतारका कार्य समिति सदस्य समिन बरालले ब्यबस्थित रुपले संचालन गरेका थिए ।
अधिबेशनबाट सात सदस्यीय कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्ष युबराज निरौला, उपाध्यक्ष समिन बराल,सचिब सुरेश न्यौपाने, कोषाध्यक्ष नारायण खतिवडा, सदस्यहरुमा ज्ञानु थापा,झमक थापा र रंजन घिमिरे रहेका छन । आउने दिनमा मोसु कतारसंग हातेमालो गर्दै सस्थागत रुपमा अघि बढ्ने बताउदै नब निर्वाचित अध्यक्षले सम्पूर्णलाइ धन्यवाद ज्ञापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend