logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा मतदाता संकलन सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी पुष १८ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संंकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवालाहरु संग अन्तरकृृया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला विकास समितिको सभाहलमा भएको अन्तरकृया कार्यक्रममा मतदाता नामवली अव छिट्टै संकलनमा जुट्ने, हक दावि सुचिकृत गर्ने, र १८ वर्ष माथीकोलाई नयाँ मदताता पत्र पनि वितरण गर्ने जिल्ला निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।

कहाँ कति मतदाता ?

गणेश बहादुर खत्रीका अनुसार १ नम्वर क्षेत्रमा १८ वर्ष माथीका पुरुष मतदाता २१ हजार ५ सय १३, महिला मतदाता संख्या २४ हजार ७ सय ३३ गरी ४६ हजार २ सय ४६ जना रहेको छन् । क्षेत्र नम्वर २ मा पुरुष ३३ हजार १६ , महिला ३८ हजार ६सय ३० सहित कुल ७१ हजार ६ सय ४६ रहेको छन् ।

क्षेत्र नम्वर ३ मा पुरुष २९ हजार १ सय ८३ , महिला ३० हजार २ सय ८३ सहित ५९ हजार ४ सय ६७ रहेको छन् । त्यस्तै जिल्लाका तिन वटै क्षेत्रका कुल पुरुष मतदाता संख्या ८३ हजार ७ सय १२ र महिला ९३ हजार ७ सय ४६ सहित कुल १ लाख ७७ हजार ३ सय ५९ मतदाता रहेको जानकारी दिनु भयो ।

जिल्लामा १८ वर्ष मुनीका पुरुष मतदाता १२ सय ६३ रहेको र महिला ४ सय १५ जना रहेको छन् । अन्तरकृया कार्यक्रम प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend