साझा नेटवर्क
बिजय कुमार मगर, कतार ।
नेपाल मगर संघ, शाखा कतारले मगरहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड “माघ्या सकराटी—२०१७” बिगतका बर्षहरुमा झैं यस वर्ष पनि विविध सांस्कृतिक तथा बनभोज कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी गरिरहेको छ ।
आगामी २०१७ जनवरी २० तारिकका दिन हुन गइरहेको माघ्या सकराटी—२०१७ का लागि नेपाल मगर संघ, शाखा कतार केन्द्रिय सचीव रबिन मगरको संयोजकत्वमा सात सदस्यीय उपसमितिको गठन गरिएको छ भने कार्यक्रम अल दोसारी पार्कमा गर्ने भनिए पनि विविध कारणले गर्दा समाल पब्लिक गार्डेनमा बृहत जनमानसको सहभागितामा गराई बनभोज तथा बिबिध सांस्कृतिक साथमा खेलकुद कार्यक्रमको आयोजना गरेर मनाउने तयारी रहेको अध्यक्ष महेन्द्र थापा मगरले बताउनु भयो ।
उक्त कार्यक्रम सफल बनाउनका लागि उप संयोजक विवेक पुलामी मगर हुनुहुन्छ भने सदस्यहरुमा, प्रचार प्रसारमा बिजय मगर, सांस्कृतिक कार्यक्रमको लागि भुपेन्द्र रिखाम मगर, केशव राना मगर, स्वयंसेवकमा केशव घर्ती मगर, खाना ब्यबस्थापनमा बलहरी राना मगर, खेलकुदमा खिम राना मगर र यातायातका लागि रेशम आले मगर लाई जिम्मेवारी दिईएको जानकारी कार्यक्रमका संयोजकले दिनुभयो । कार्यक्रम सफल गराउनका लागि जनमानसमा टिकटहरु धमाधम बिक्री वितरण भईरहेको आर्थिक संयोजक केशव राना मगरले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सफल पर्नको निम्ति मगरहरुको नाच हुर्रा, कौराह, सलैजो, सोरठी, झ्याउरे, भुम्या, लोक नृत्य प्रस्तुति रहने र साथै मनोरंजनका लागि अन्य मगर गीत, लोक दोहरी, फिल्मी गित, सांगितिक कोशेली रहको नेत्य निर्देशक तथा यस कार्यक्रमका सांस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरले बताउनु भयो । साथै २०१७ ÷०१८ को लागी कतारमा रहेको मगरहरुको लागि मात्र सांस्कृतिक मगर बाङ ( राजा ) दौड प्रतियोगिता गरेर चुनिने, महिलाहरुको लागी मात्र म्युजिकल चेयर लगायत रस्सि तान्ने खेलहरुद्धारा मनोरञ्जन गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा विगतका वर्षहरुमा १५०० भन्दा बढि जनसहभागिता रहेको थियो भने यस वर्ष पनि विगतका वर्षहरु जस्तै सहभागि रहने र सहभागिहरुलाई यातायात, खाना र नास्ताको लागी आयोजकबाटै ब्यबस्था गरिएको पनि आयोजक समितीका संयोजक सचीव रबिन मगरले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend