logo
  • शनिबार, साउन ३० २०८३

कतारमा “क्षितिजपारी” विमोचन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

उद्धव मगर, कतार पुष १७।
डिसेम्बर ३० का दिन कतारको राजधानी दोहामा कतार नेपाली एकता समाज रक्तिम सांस्कृतिक अभियानको क्षितिज पारि एल्बम भाग २ को भव्यरुपमा विमोचन कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको अध्यक्षता रक्तिम विभागका अध्यक्ष हुमाकान्त आचार्य सञ्चालक विभागका कोषाध्यक्ष जे.वि कुवरले गरेका थिए ।
यस कार्यक्रमलाई सफल पार्न आउनु भएका प्रमुख अतिथी, अतिथी साथै सम्पूर्ण हलमा उपस्थित गणहरुलाई यसै विभागका सल्लाहकार हेम बस्नेतले स्वागत मन्तव्य दिनुभएको थियो । स्वागत मन्तव्यपश्चात विधिवत रुपमा कार्यक्रम अगाडी बढेको थियो ।
कार्यक्रमलाई निमन्त्रणा स्वीकारेर आउनु भएका प्रमुख अतिथी लुमाकान्त पुन मगर, अतिथी प्रवासी मन्चका अध्यक्ष रामहरी गैरे, जनप्रगतीशील मन्चका का.वा अध्यक्ष रकमध्वज राई वुद्धिजिवी विभागका हरिप्रसाद शर्मा कतार नेपाली एकता समाजका भूपु उपाध्यक्ष दावा लामा, महासचिव खिम बुढा मगर, महिला विभागका रेणुका चौलागाई, रक्तिम भुपु अध्यक्ष बलदेव राना, पत्रकार राम प्रसाद पराजुली हाँक साप्ताहिक पत्रकार उद्धव मगर, तथा आमन्त्रित सम्पूर्ण अतिथीहरुले यस विमोचन कार्यक्रम सफलताको शुभकामना राखेका थिए ।

क्षितिजपारी एल्बम भाग २ मा विशेष सहयोग गर्नु भएका व्यत्तित्वहरुलाई दो सल्ला ओडाई विभागका अध्यक्ष हुमाकान्त आचार्यले सम्मान गर्नुभएको थियो । अन्तमा कार्यक्रम सफल पार्नु आउनु भएका अतिथी लगायत उपस्थित दर्शकहरुलाई बधाई दिंदै कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend