साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष १७ ।
गुल्मीको कुर्घा वार्ड नं. ७ गुर्जाङमा रहेको खड्क देवी प्रा.वि.मा विद्यार्थीहरुको लागी दिवा खाजा, कापि, कलम, झोला तथा पोषाकको लागी अक्षय कोष स्थापनाको लागी सहयोग गर्ने सहयोग दातालाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक कुलराज शर्मा सो अक्षयकोष अभियानमा १६ लाख पुगेको र अभियान जारी रहेको जानकारी दिँदै सहयोग गर्ने सवैलाई विद्यालयको तर्फवाट आभार तथा धन्यवाद समेत व्यक्त गर्नुभएको छ। ३० लाख वरावरको अक्षय कोष स्थापना गरि विद्यार्थीलाई सवै व्यावस्था गर्ने योजनाअनुरुप रकम संकलन अभियान जारी रहेको प्रधानाध्यापक शर्माले जानकारी दिनुभएको छ।
शर्माका अनुसार विद्यालयले सहयोग दाता र रकमलाई सञ्चारमाध्यमवाट प्रशारण गरिने समेत जानकारी दिनुभएको छ। विद्यालयले अक्षय कोष व्यावस्थापनको लागी राम वहादुर पच्या मगरको अध्यक्षतामा अक्षयकोष स्थापना समिति गठन गरेरै अभियान संचालन गर्दै आएको छ भने सो अभियानको प्रधानाध्यापक कुलराज शर्माले संयोजन गर्दै आउनु भएको छ।
दलीत र जनजाती समुदायको वाहुल्यता रहेको सो गाउँका विद्यार्थीहरु विविध कारणले विद्यालयमा निरन्तरता दिन नसक्ने तथा दिवा खाजाको व्यावस्था नहुँदा सिकाई उपलब्धिमा समेत गिरावत आएकोले सो अभियान संचालन गरिएको प्र.अ. शर्माले वताउनु भएको छ। शर्माका अनुसार सो अभियान वाट ३० लाख संकलन गरि अक्षय कोषको रुपमा राखी त्यसको व्याजवाट प्राप्त आम्दानीले विद्यार्थीकोलागी दिवा खाजा, पोसाक, तथा स्टेसनरी सामाग्रिको व्यावस्था गर्ने वताउनु भएको छ।
यस्तै विद्यालयले आगामि फागुन १ र २ गते आफ्नो वार्षिकोत्सवको सन्दर्भमा सवै सहयोगीहातहरुलाई सम्मान गर्ने जनाएको छ। सो कार्यक्रममा जिल्ला वाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरुको सहभागितामा रहने तयारी भएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभएको छ। शर्माका अनुसार माघ मसान्त सम्ममा लक्ष्यमा रहेको ३० लाख संकलन गरि सक्ने र सोहि कार्यक्रममा सवैलाई सम्मान गर्ने जानकारी दिनुभएको छ ।
कक्षा ३ सम्म सञ्चालित सो विद्यालयमा हाल ४१ जना विद्यार्थीले पढ्दै आएका छन्। सो खड्कदेवि प्रा.वि.मा एक जना स्थायी, एक जना राहत र एक जना निजिश्रोतको शिक्षक गरि ३ जना शिक्षक कार्यरत छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend