logo
  • शनिबार, असोज १० २०८३

जनता उमाविको स्वर्ण महोत्सव भोलि देखि सुरु हुदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी पुष १७ ।
श्री जनता उच्च माध्यामिक विद्यालय अस्लेवा ७ गुल्मीको स्वर्ण महोत्सव भोली देखि सुरु हुन गई रहेको छ । भोली देखि ५ दिन सम्म चल्ने स्वर्ण महोत्सवको शिक्षा मन्त्रालयका सचिवले पौष १८ गते दिनको ११ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको स्वर्ण महोत्सव प्रचार विभाग संयोजक विष्णुप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

स्वर्णमहोत्सवको प्रचार प्रसार र सम्पुर्ण मिडियामा पुराउने अफिसियल मिडियाका रुपमा हाम्रो यस रेसुङ्गा टेलिभिजनलाई जिम्मा दिईएको प्राचार्य भिमलाल पाण्डेले जानकारी दिनु भयो । भोलीको उद्घाटन कार्यक्रममा राष्ट्रिय कलाकार पुर्षोतम न्यौपाने, पशुपति शर्मा लगायतका कलाकारहरुले भव्य मनोरञ्जन दिने कार्यक्रमम रहेको मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलराम अधिकारीले बताउनु भएको छ ।

हेरौ केहि झलकहरु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend