साझा नेटवर्क
काठमाडौँ, पुष १७।
गायक तथा संगीतकार तुला पर्वत सांगीतिक कर्मको अलावा सामाजिक कार्यमा पनि सक्रिय हुँदै आएका एक स्रष्टा हुन् । नयाँ प्रतिभालाई सांगीतिक क्षेत्रमा अवसर दिनुपर्छ र यो क्षेत्रलाई ब्यबस्थित बनाइनुपर्छ भन्ने मान्यता राख्ने उनी मनका पनि धनी छन् । उनै संगीतकर्मी तुलाले संगीतकर्मी कल्याणकारी कोषमा ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । अँग्रेजी नर्व वर्षको अवसरमा परेको जन्मदिनका दिनका अवसरमा यो रकम दिने जनाउ गरे ।

रोजगारीको शिलशिलामा मकाउमा रहेका तुलाले सांगीतिक क्षेत्रमा नै कुनै न कुनै रुपमा आफ्नो तर्फबाट पनि योगदान दिने विषयमा सोचीरहेको र संगीतकार लक्षमण शेष र सुशेर अधिकारीसँको कुराकानीपछि कोषलाई उक्त रकम हस्तान्तरण गर्न आँफु तयार रहेको बताए ।
तुलाले कोषलाई मजबुत बनाउनका खातीर आँफुले सहयोग गर्ने घोषणा गरेका हुन् । उनले उक्त रकम केही दिन भित्रैमा कोषका पदाधिकारीलाई हस्तान्तरण गर्ने जनाएका छन् । तुलाले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend