साझा नेटवर्क
बुटवल, पुष १७।
यस बर्षदेखी स्थापना गरिएको स्कलर्शहोम पत्रकारीता पुरस्कार पत्रकार दिपक न्यौपानेले प्राप्त गरेका छन । बिधालयको खेलकुद र शिक्षा क्षेत्रमा कलम चलाउने एक पत्रकारलाइ बार्षीक रुपमा सम्मान गर्ने कार्यक्रम अन्र्तरगत यो बर्षको पत्रकारीता पुरस्कार न्यौपानेलाइ प्रदान गरिएको हो । सबल नेपाल साप्ताहिक,बुद्ध टिभि,हाम्रो खेलकुद र सबल नेपाल अनलाइन टिभिमा आबद्ध पत्रकार न्यौपाने बिगत ७ बर्षदेखी बुटवललाइ कार्यक्षेत्र बनाइ पत्रकारीता गरिरहेका छन् ।
स्कलर्श होम ई. बोडिङ स्कुलले आफ्नो रजत महोत्सवका अबसरमा शिक्षामन्त्रालयका सहसचिब टेकनारायण पाण्डे,बिधालय ब्यबस्थापन समितीका अध्यक्ष मनहरी बस्याल लगायतले न्यौपानेलाइ नगद ५ हजार तथा सम्मानपत्रले सम्मानीत गरेका हुन । यसैगरी बिधालयले २५ औं रजतजयन्तीको मुलसमारोह सम्पन्न गरेको हो । कार्यक्रममा पुर्व कर्मचारी, पुर्व शिक्षक, पुर्व प्राचार्य, विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालयका अध्यक्ष मनोहरी बस्यालको अध्यक्षता तथा शिक्षा मन्त्रालयका सह सचिव टेकनारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै सह सचिव पाण्डेले शैक्षिक प्रणालीलाई सुधार गर्दै प्रयोगतात्मक शिक्षामा जोड दिनुपर्ने बताए । उनले सरकारी निजी क्षेत्रलाई शिक्षा गरिने विभेदको अन्त्य जरुरी रहेको भन्दै समावेशी शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
कार्यक्रममा व्याव्सनका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, एन प्याव्सन रुपन्देही अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्ष देउ प्रकाश राई, सेयर सदस्य खुवीराम आचार्य, पुर्व प्राचार्य जयप्रकाश भट्टरार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, अभिभावक चण्डी बस्याल, पत्रकार दिपक न्यौपाने लगाएले बोल्नु भएको थियो । कार्यक्रम शेयर सदस्य प्रकाश भुषाल र प्राचार्य बावुराम बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend