साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ/टार्जन खड्का दाङ पुष १६ ।
कुनै समय थियो उनि कमैया थिए उनि किशानको गुणगान गाउथे उनको परिवारले २५ बर्ष सम्म फरक थरिका जमिनदारका घरमा कमैया बसेर जिबन गुजारे तर पनि उनको जिबनमा कुनै पनि परिवर्तन नभएकोमा चिन्ता ब्याक्त गर्दै गुनासो सुनाए । दाङको रामपुरमा जन्मिएका च्यालु चौधरी मुक्त कमैया मध्ये एक हुन् ।
राज्यले २०५७ सालमा म जस्तै लाखौ मुक्त कमैयाहरु घोसणा त गर्यो तर पनि घास बास कपासको समस्या हुनेगरी किशानको घरबाट मुक्त गरायो अहिले हाम्रो परिवार सुकुम्बासी जिबन बिताउन बाध्य छ उनि बताउन्छन् । राज्यले घर निर्माणका लागि आबश्यक घर जग्गा अहिले सम्म उपलब्ध गराएको छैन ।
आर्थिक जोहोका लागि पुन किशानको खेत बारी अधियामा लगाउन बाध्य भएको उनले बताए समाजमा पछाडी पारियका सिमान्तकृत लक्षित समुदायका परिवारले भोग्नु परिरहेको समस्याहरुको दुरदशाहरुको ब्याथाहरुको विष्लेशण गरि नसक्नु छ उनि बताउछन् ।
आर्थिक अभाबका कारण ज्यालादारिबाट कमाएको रुपियाले आफ्नो बालबालिकाहरु शिक्षाको ज्योतिबाट बन्चित भएको खाना लाउन र बस्न समेत धौ धौ परेको तथा शौचालय निर्माण प्रक्रियामा राहतको सुचिमा सुचिकृत नभएको उनको भनाई छ । किशानको घरमा थुप्रै काम भएकोले समयको अभाबमा काममै सिमित हुन्थ्ये कुराको जानाकरी हुदैन्थियो अनि २०५७ साल श्रावण२ गते मुक्त कमैया घोषणा भएको थियो ।
त्येतिबेला म स्वतन्त्र थिए कुनै पार्टीको सद्स्येता लिएको थिएन । पहिलो पटक मुक्त कमैया दिवसको आन्दोलनमा सहभागी हुने अवसर प्राप्त भयो बिस्तारै सबै कुरा बुझ्दै गए कुनै पनि सरकारि तथा गैरसरकारी सस्थाहरुमा काम गराउदा पनि पार्टीको सहयोग चाहिदो रहेछ त्येसैले म राजनीतिक कार्यकर्ता बन्न पुगे चौधरी बताउछन् । जिल्ला कृषि दाङले सीमान्तकृत लक्षित कृषकहरुलाई रामपुरमा जिल्ला स्तरीय तीनदिने अगुवा कृषक तालिम समापन गरिएको थियो दाङ जिल्लाका बिभिन्न स्थानबाट २० जना मुक्त कमैया छनोट भएका थिए ।
ति मध्ये रामपुर बाट मात्र १३ जना मुक्त कमैयाहरु छनोट भएका थिए । यसमा म पनि एक हु उनले बताए जैविक विविधता तथा कृषि सहकारी सस्था रामपुर दाङका अध्यक्ष राममणि पाण्डेको पहलमा उक्त तालिममा सहभागी भएको थिए जिल्ला कृषि कार्यालय दाङले राहत स्वरूप नगत रु ६००००० र जिन्सी सामग्रीहरुमा २ वटा प्लास्टिक टनेल १ वटा पानि मोटर लगाएत अन्य जिन्सी सामाग्रीहरु उपलब्ध गराएको उनि बताउछन । प्राप्त राहत र जिन्सी सामाग्रीहरुले मेरो परिवारमा खुशियाली छाएको छ ।
व्यवसायीक बेमौसमी तरकारी उत्पादनका लागि प्रति कठ्ठा रु १ हजारका दरले पन्द्र कठ्ठा जग्गा भाडामा लिएको छु । लागत र मेहेनत अनुसार बार्षिक दुइ देखि तिन लाख जति आम्दानि हुन्छ । तर यसरी नै मैले जस्तै सरकार र सम्बन्धित निकायबाट मुक्त कमैयाहरुले पाउने राहत र अनुदानहरु सम्बन्धित कमैयाले पाउने हो भने उनीहरु पनि म जस्तै स्वाबलम्बी बन्ने थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend