साझा नेटवर्क
पाल्पा, पुष १६।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संचालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत पाल्पा जिल्लामा जिल्लास्तरीय मानव अधिकार समूहको गठन गरिएको छ ।
मानवअधिकार एलाइन्स पाल्पाका अध्यक्ष एवम् पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष भगवान भण्डारी संयोजक रहने गरि ११ सदस्यीय समूहको गठन गरिएको छ । समूहका सदस्यहरूमा मानवअधिकारकर्मी, संचारकर्मी, लगायतका रहेका छन् ।
यसैगरी समूहका सल्लाहकारहरुमा मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष एवम् बरिष्ठ पत्रकार मेघराज शर्मा, मानवअधिकार शिक्षा मञ्चका अध्यक्ष माधव बश्याल, बार एसोसिएसन पाल्पाका अध्यक्ष जोग बहादुर बिश्वकर्मा, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, नेपाल नागरिक समाज पाल्पाका सचिव पुष्करराज रेग्मी, मानव अधिकार एलाइन्स केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरे, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम संयोजक रुद्र मश्रांगी रहेका छन् ।
कार्यक्रममा इन्सेक प्रतिनिधि तथा सहजकर्ता यज्ञमूर्ति तिमिल्सिनाले सहभागीहरूलाई इन्सेकले पाल्पा जिल्लामा रहेर संचालन गर्ने परियोजना तथा थप कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend