साझा नेटवर्क
भुपाल थापा, कपिलबस्तु पुष १५ ।
कपिलबस्तु यातायात ब्यबसायी समितीले पर्यटन प्रवद्र्धनका लागी तौलिहवा–काठमाडौ एसी बस संचालनमा ल्याएको छ । जिल्लाका पर्यटकिय तथा पुरातात्विक स्थलहरुको प्रचारप्रसारसंगै यात्रुको सुविधालाई ध्यानमा राख्दै समितिले सो बस सेवा संचालनमा ल्याइएको हो । अत्यधिक सेवा सुविधा सहित न्यू सलिना एसी रात्री बस सेवा सुचारु भएको हो ।
पर्यटन प्रवद्र्धनसंगै कपिलबस्तुबासीको मागलाइ मध्यनजर गर्दै सम्पुर्ण सेवा सुविधा सहितका ३ वटा बसको कपिलबस्तु क्षेत्र नं. ३ का संसद बृजेश कुमार गुप्ताले एक कार्यक्रम बिच उद्घाटन गरेका छन् ।बसधनी सुनिल गौतम, दिपक अधिकारी र बेद प्रसाद भण्डारीले कपिलबस्तुको समग्र पर्यटकिय क्षेत्रको बिकासमा टेवा पुर्याउन तथा आन्तरिक उवं बाह्य पर्यटक र जिल्लाबासीहरुलाइ आरामदायी यात्राका लागी बस संचालनमा ल्याएका हुन् ।
कपिलवस्तुको तौलिहवाबाट काठमाडौंको लागि साँझ ७ बजे र काठमाडौंबाट तौलिहवाको लागि नयाँ बसपार्कबाट साँझ ६ः३० बजे दैनिक एक–एक वटा छुट्ने बताइएको छ । नयाँ संचालन गरेको न्यू सलिना एसी रात्री बस सेवामा सुविधा सम्पन्न एसी, फ्रि बाईफाई, प्रति टिकटमा पत्रिका र पानी सुबिधा, युक्त फोल्डीङ्ग सिट, एलईडी टिभी, उच्च स्तरिय साउन्ड सिस्टम रहेको कपिलबस्तु यातायात ब्यबसायी समितीका सन्तोष हमालले बताए ।
बसमा बृद्धबृद्धाका लागी २ सिट, महिलाका लागी २ सिट, अपाङगका लागी २ सिट र जिल्ला प्रशासनका लागी २ सिट समेत ब्यबस्था गरिएको छ । दैनिक सेवामा तौलिहवा–काठमाडौं र काठमाडौं–तौलिहवा गरि ३ वटा एसी बस संचालनमा रहेको समाजसेवी राजु प्रसाद अर्यालले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend