logo
  • शनिबार, असोज १० २०८३

सामुदायिक बन उपभोक्ता महासंघ गुल्मीको समिक्षा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी पुस १४।
सामुदायिक बन उपभोक्ता महासंघ गुल्मीको आयोजनामा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । साथै सोहि अवसरमा पहिलो चरणको हरियो वन कार्यक्रमको समापन गरिएको छ । कार्यक्रमलाई संबोधन गर्दै महासंघका केन्द्रिय उपाध्यक्ष भिम प्रकाश खड्काले वन क्षेत्रमा भएको नीतिगत समस्याले आफ्नै बारीमा लगाएको काठ काटेर घर बनाउन नपाउन दुखको कुरा भएको बताउनुभयो । उहाँले लोकतन्त्रका भाषण अगाडी तर राज्य नीति पुरानै भएकाले जनतालाई सास्ती भएको बताउनुभयो ।
उहाँले देशमा समन्वय बिना केहि कुरा सम्भव नहुने भएकाले हरियो बन कार्यक्रम मार्फत वन उपभोक्ता महासंघले सवैलाई संगठित गर्ने काम गरेको बताउनुभयो । त्यस्तै महासंघका केन्द्रिय सचिवालय सदस्य ठाकुर भण्डारीले हरियो वन प्रोजेक्ट सकिए पनि सामुदायिक वन उपभोक्ता महासंघको अभियान कहिल्यै नसकिने बताउनुभयो । यस कार्यक्रममले सामुदायिक वन उपभोगमा आएका नितीगत समस्याहरुको बिषयमा बहस गर्ने वातावरण सृजना गरेको बताउनुभयो ।
सन २०११बाट लागु भएको हरियो वन कार्यक्रम मार्फत वनसंग सम्बन्धित विभिन्न क्रियाकलापहरु जिल्लामाका १४ गाविसमा भएका थिए । वन विकास तथा संरक्षण र उपभोक्ताहरुलाई जीवन उपयोगी क्रियाकलाप संचालन गरि आर्थिक समृद्धिको बाटोमा अग्रसर बनाउन कार्यक्रमले टेवा पु¥याएको महासंघका जिल्ला अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिनुभयो । यो कार्यक्रम नेपालका २५ जिल्लामा संचालनमा रहेको थियो । जलवायुको असर न्यूनिकरण गरी वन संरक्षण गर्न यो कार्यक्रम दोस्रो बर्षबाट गुल्मीमा संचालनमा आएको थियो ।

सुसासन, मार्गदर्शन, महिला विकास तथा सचेतना यो कार्यक्रमको प्रमुख उदेश्य हो । जिल्लाका २ सामुदायिक वनमा जलवायु परिवर्तन अनुकुलन योजना लागुभएको थियो । साथै केहि गाविसमा सुधारिएका चुलो तथा वायोग्यास निर्माणमा सहयोग रिएको संस्थाले जनाएको छ । चार बर्षको अवधिका गुल्मी जिल्लामा विभिन्न कार्यक्रम मार्फत ६४ लाख ८२ हजार खर्च गरिएको अध्यक्ष ठकुरीले बताउनुभयो ।

संस्थाका अध्यक्ष राममल्ल ठकुरीको अध्यक्षता सदस्य हरि ज्ञवालीको स्वागत तथा महासंघका महासचिव देवि कुवंरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend