logo
  • शनिबार, भाद्र २० २०८३

साँगितिक कार्यक्रमका लागि राष्ट्रिय कलाकाहरु दोहामा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
अंग्रेजी नया वर्षको अवसरमा IBOSS GLOBAL कतारद्वारा आयोजना गरिएको “न्यु ईयर वेलकम नाईट २०१७” का लागि विभिन्न विधाका राष्ट्रिय कलाकारहरु कतार आइपुगेका छन् ।
लोकप्रिय गायक पशुपती शर्मा, मोडेल रश्मी तामाङ्, निर्देशक तथा मोडल शंकर बि.सी, मोडल तथा निर्देशक स्मृति तिमिल्सिना, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) गायक रुप कुमार राई, गायिका कोपिला गुरुङ्, गायिका सहिमा श्रेष्ठ र नायिका तथा उद्घोषिका सुर्जनी के.सी लगायतका कलाकारहरु कतार आइपुगेका हुन । गायिका तथा मोडल ज्योति मगर र सुगम सङ्गीतका चर्चित गायक प्रमोद खरेल आज बेलुका सम्म कतार आइपुग्ने आयोजकले जानकारी दिएको छ ।

कलाकारहरुलाई स्वागत गर्न आयोजक आइबोस ग्लोबल कतार टिम सहित पत्रकार लगायतको टोलि एयरपोर्ट पुगेका थिए । कार्यक्रम डिसेम्बर ३० तारिख शुक्रबारका दिन कतारको सनैया स्थित एशियन टाउन (ग्रान्ड मलको पछाडी)को हलमा सम्पन्न हुदै छ ।

कतारमा चिसिदै गरेको मौसमलाई सङ्गीतमय बनाउदै कलाकारहरुले विविध प्रस्तुतिहरुका साथमा तताउने भएका छन् । विभिन्न विधाका सास्कृतिक प्रस्तुतिले उपस्थित दर्शक श्रोताहरुलाई भरपुर मनोरन्जन प्रदान गर्ने कलाकारहरुले बताएका छन् । कलाकारहरु भन्छन कतारको यो चिसो मौसमलाई हामी सङ्गीतमय तवरले तताउने छौ । कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिका लागि अनुरोध समेत गरेका छन ।

कार्यक्रम बृहत किसिमले आयोजाना गरिएकोले कार्यक्रम सफल बनाउनका लागि कार्यक्रम संयोजक गोपाल न्यौपाने लगायत आइबोश ग्लोबल युनिट अहोरात्र खट्दै कार्यकर्मको लागि सम्पूर्ण तयारी पुरा गरीसकेको छ । सशुल्क आयोजना गरिएको कार्यक्रममा प्रवेशका लागि कतारी रियाल ३५, ५०, ७५ र १०० दरका टिकट राखिएको छ । टाढा टाढाबाट आउने दर्शकहरुलाई सुबिधाको लागी ५० जनाको संख्या भएमा आउँन जानका लागि गाडी(बस)को ब्यबस्था गरिएको आयोजकले बताएको छ ।

त्यस्तै कार्यक्रमलाई सपोर्ट गर्दै यूएई एक्सचेन्जले एकथान ३२ इन्चको एलइडी टेलिभिजन उपस्थित दर्शकलाई उपहार स्वरुप प्रदान गर्ने भएको छ । उक्त टेलिभिजन लक्की ड्र मार्फत १ जना बिजेतालाई प्रदान गरिने बताइएको छ ।

कार्यक्रम कतारको सनैया स्थित एशियन टाउन (ग्रान्ड मलको पछाडी) डिसेम्बर ३० तारिख शुक्रबारका दिन अपरान्ह ५ बजेबाट शुरु हुदै छ भने हलको गेट दिउसो २ बजेबाट नै खुल्ने प्रमुख सल्लाहकार नेत्र न्याैपानेले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend