साझा नेटवर्क
विजय मगर, कतार ।
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको खेलकुद बिभागको अन्र्तगतमा रहेको लखन थापा मगर स्पोर्टस् क्लबको रात्रि भोज, भेटघाट तथा परिचयात्मक कार्यक्रम क्लबका अध्यक्ष राम ब. मगरको अध्यक्षतामा संघको अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा दोहाको मुनताजा पार्कमा २२ डिसेम्बर२०१६ को सांझ मणि देवान लिम्वुको सञ्चालनमा सम्पन्न भएको थियो ।
अन्य अतिथिहरुमा, संघका सल्लाहकार सदस्यहरु डि.एन मगर, रमेश कनौजे मगर, द्धितिय उपाध्यक्ष लिलम्वर चिदि मगर, महासचिव बिजय कुमार मगर रहनु भएको थियो भने क्लबका पदाधिकारीहरु टिम मेनेजर चंद्र लिम्वु, टिम क्याप्टेन योगेश लिम्वु, टिम कोच गजेन्द्र लिम्वु अनि सल्लाहकारहरु सुमन लिम्व, मौसम लिम्वु तथा खेलाडीहरु र खेलप्रेमी समर्थकहरुको बाक्लो उपस्थित रहेको थियो ।
उपस्थित सबैमा आ—आफ्नो परिचयवाट शुरु भएको कार्यक्रममा बिगत लामो समय देखि यस क्लबले दोहामा आयोजना हुने खेलहरुमा भाग लिई रहेको र कतिमा सफल असफल रहे पनि निरन्तर रुपमा लागिरहेको टिम मेनेजर चंद्र लिम्वुले बताउनु भयो । खेलको स्तरलाई अझ सुदृढ गर्दै लैजानु पर्ने र संघवाट पनि बिशेष पहलको आवश्यकता रहेको टिम क्याप्टेन योगेश लिम्वुले संघलाई आग्रह गर्नु भएको थियो ।
क्लबको उत्तोर उत्तोर प्रगतिको कामना गर्दै सल्लाहकार सदस्य डि.एन मगरले खेल जगतलाई अग्रस्थानमा लैजानको लागि नेपाल मगर संघ, शाखा कतारको संपुर्ण एरिया समिति, विभागहरुको पनि उत्तिकै जिम्मेवार रहेकोले सबैमा खेल प्रति पनि ध्यान दिनुहुन सबैमा आग्रह गर्नु भएको थियो । प्रमुख आतिथि केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले खेलकुद पनि यस संघको अभिन्न अंग रहेको र निकट भविष्यमा कतारमा रहेको नेपालीहरु बिच मैत्रिपुर्ण फुटबल खेल आयोजना गर्ने तैयारी भएको र यसका लागि क्लबका समितिका सदस्यहरुलाई तैयार रहन आग्रह गर्नु भएको थियो ।
कतारमा यस संघको सहानिया र सनैयामा गरि दुई वटा फुटबल टिम रहेकोले दुबै टिम आ—आफ्नो स्थान बाट खेलकुद क्षेत्रवाट संघको नाम उच्च राखिदिनु भएकोमा दुबै टिमका संपुर्ण मगर तथा गैर मगर खेलाडीहरुलाई हार्दिक धन्यवाद दिनु हुँदै संघको तर्फवाट उपहार स्वरुप फुटबल प्रदान गर्नु भएको थियो । अन्तमा थापाले खेलाडी सदस्यहरुलाई खेलको नियम भित्र रहेर खेल खेल्न र कसै संग पनि झैझगडा नगरी कतारको नियम कानूनलाई पालना गरेर खेल जगतलाई अगाढी बढाउनका लागि आग्रह गर्नु भयो ।
अन्तमा क्लबका अध्यक्ष तथा सभापतिले यस रात्रि भोज, भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने मित्रहरुलाई धन्यवाद दिंदै क्लबलाई अझ राम्रो संग अगाढी बढाउनका लागि आफ्नो तन मन र समय दिने प्रण गर्नका लागि सम्पूर्ण खेलाडी सदस्यहरुलाई आग्रह गर्दै यस कार्यक्रममा उपस्थिति भैइदिनु भएकोमा सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend