logo
  • शनिबार, साउन ३० २०८३

भलिवल खेलको उपाधि मोना कतारलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलु शर्मा पौडेल, कतार पुष १२।
मोना कतार अन्तर्गत रहेको खेलकुद बिभागले गत बिहिबार राति र शुक्रबार गरेर खुल्ला पुरुष भलिबल सम्पन्न गरेको छ । दोहा सहर देखि केहि किलोमिटर टाढा रहेको सनैया (औधोगिक क्षेत्र)को स्ट्रिट नम्बर ४१को लेफ्ट साइडमा एन खालिद कम्पनीको मैदानमा सम्पन्न उक्त खेलमा कतारमा सक्रिय रहेका बिभिन्न संघ सस्था तथा क्लब गरि १७ टिमको सहभागिता रहेको थियो ।
क्रिसमस तथा नया बर्ष २०१७ को शुभकामना आदानप्रदान सहित आयोजित उक्त भलिबल प्रतियोगितामा आदर्श सेवा समाज अध्यक्ष मन प्रसाद मगर,क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्री ,त्यस्तै क्षेत्रीय सचिब रेशम साही सस्थापक अध्यक्ष प्रेम रसाइली मोना कतारका संरक्षक बिक्रम कार्की प्रमुख सल्लाहकार नन्द प्रसाद गर्बुजाका साथै खेलकुद विभागका अध्यक्ष राजेन्द्र भण्डारीको आतिथ्यता रहेको थियो । मोना कतारका सम्पूर्ण कार्य समिति सदस्य बरिस्ठ सदस्यहरु लगायत उल्लेखनिय दर्शकको सहभागिता रहेको थियो उक्त खेललाई कार्यबाहक अध्यक्ष किरण शाहीले सभापतित्व गरेका थिए ।
बिहिबार राति अबेर बाट सुरु भएको खेलको उद्घाटन सस्थाका सस्थापक अध्यक्ष प्रेम रसाइलीले गरेका थिए । निकै नै रोमान्चक सैलिमा अघि बढेको थियो । हरेक खेलहरु निकै प्रतिस्प्रधात्मक थिए । दोहामा निकै लामो समय देखि आफनो दबदबा कायम गर्दै आएको म्याग्देली टिमले आफनो दबदबालाई निरन्तरता दिएको छ । बिभिन्न चरणहरु पार गर्दै सेमी फाईनलमा बुर्तिबाङको सामना गरेको मोना कतारले सजिलै जित निकालेको थियो । त्यस्तै कास्की आदर्श समाजसंग थ्री स्टार स्याङ्जा भिडेको थियो ।
थ्री स्टार स्याङ्जालाइ सेमिफाइनलमा पराजित गर्दै कास्की आदर्श समाज र मोना कतारको टिम फाइनलमा पुगेका पुगेका थिए । टिटी सिस्टममा खेलाइएको सम्पूर्ण खेलहरुको फाइनलमा बेस्ट अफ फाइभमा रहेर खेलाइएको थियो । फाइनल खेलमा दुइ दुइ सेट आफनो कब्जामा लिन सफल टिमको निर्णायक खेल अर्थात अन्तिम राउन्डको खेलमा मोना कतारले कास्की आदर्स सेवा समाज माथि आफनो कब्जा जमाउदै बिजेता बनेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मोना कतारको टिमको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।
भिम थापाको क्याप्टेनसिमा ग्राउण्डमा उत्रेको टिमको म्यानेजिंग तथा कोचको जिम्मेवारी आकास रसाइलीले समालेका थिए । भिम परियार,नबिन भण्डारी,पदम थापा,राज कुमार चौधरी,आयुस थापा प्रेम शेराचन र कबिर पुन खेलाडीहरु रहेका थिए । पहिलो र दोस्रो पुरुस्कार खसी र मेडल राखिएको थियो । कार्यक्रमको पुरुस्कार बितरण समारोहमा बोल्दै खेलकुद विभागका सयोजक तथा टिमका म्यानेजर समेत रहनु भएका आकास रसाइली ज्युले यो जित संगै म्याग्दीले फेरी नया इतिहास कोरेको भन्दै अझै सफलताको सुभकामना सहित खेलाडीलाई धन्यबाद दिदै आफु आज निकै प्रफुल्लित रहेको बताए ।

मन्तब्यको क्रममा कास्की आदर्श सेवा समाज अध्यक्ष मन प्रसाद मगर ज्युले अत्यन्त संयमित र अनुसासित तबरले खेल प्रदर्सन गरेकोमा सहभागी सबै खेलाडीलाई धन्यबाद दिए । कार्यक्रमको समापन गर्दै मोना कतारका कार्यबाहक अध्यक्ष किरण साहीले यस्ता किसिमका हरेक खेलले लुकेको प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने र सबै संघ सस्था र खेलाडीहरु संग पनि भाइचारा बढ्ने हुदा यस्ता किसिमका खेलहरुको आवस्यकता रहेको भन्दै निकै सफलता पुर्बक अनुशासित भएर खेल सम्पन्न गरेकोमा सम्पूर्ण रेफ्री, स्वयंसेवक लगायत आयोजक मोना कतार खेलकुद बिभाग र उपस्थित दर्शकहरुलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend