logo
  • शनिबार, भाद्र २० २०८३

आइबोस ग्लोबलद्वारा आयोजित साँगीतिक कार्यक्रमको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
अंग्रेजी नया वर्षको अवसरमा IBOSS GLOBAL कतारद्वारा आयोजित “न्यु ईएर वेलकम नाईट २०१७”को तयारी करिव करिव पुरा भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम आगामी डिसेम्बर ३० तारिख शुक्रबारका दिन कतारको सनैया स्थित एशियन टाउन (ग्रान्ड मलको पछाडी)को हलमा सभ्य एवम भव्य रुपमा सम्पन्न हुदै छ ।
रोजगारीको सिलसिलामा कतारलाई कर्मभुमि बनाई रहेका नेपालीहरुको चाहाना अनुरूप नेपालबाट विभिन्न विधाका चर्चित राष्ट्रिय कलाकारहरु कतार आउदै छन । गायिका तथा मोडेल ज्योति मगर पहिलोपटक कतार आउदै छिन । त्यस्तै लोकप्रिय गायक पशुपती शर्मा, नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेल, मोडेल रश्मी तामाङ्, निर्देशक तथा मोडल शंकर बि.सी, मोडल तथा निर्देशक स्मृति तिमिल्सिना, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) गायक रुप कुमार राई, गायिका कोपिला गुरुङ्, गायिका सहिमा श्रेष्ठ र नायिका तथा उद्घोषिका सुर्जनी के.सी लगायतका दर्जनौ कलाकारहरु कतार आउने आयोजकले साझा नेटवर्कलाई जानकारी दिएका छन ।

भर्खरै मात्र चिसिदै गरेको कतारको मौसमलाई सङ्गीतमय बनाउदै चिसो मौसमलाई कलाकारहरुले विविध प्रस्तुतिहरु प्रस्तुत गरि तताउने भएका छन् । कार्यक्रमलाई सभ्य एवम भव्य रुपमा सफल बनाउनका लागि कार्यक्रम संयोजक गोपाल न्यौपानेले विभिन्न संघ सस्था तथा सयोगीहरुसंग समन्वय गरिरहेका छन । कार्यक्रम बृहत किसिमले आयोजाना गरिएकोले कार्यक्रम सफल बनाउन त्यति नै चुनौतीहरु रहेकोले आइबोश ग्लोबल युनिट अहोरात्र खट्दै कार्यकर्मको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको संयोजक न्यौपाने बताए ।

कार्यक्रमको प्रचार र व्यवस्थापन कार्यक्रमका मुख्य व्यवस्थापक आश बहादुर गुरुङले गरिरहेका छन । त्यस्तै कार्यक्रम सफल बनाउन विभिन्न संघ सस्थाहरुले बिशेष सहयोग गर्दै आएका छन । सहयोगी सस्थाहरुमा क्रमश अन्तराष्ट्रिय कलाकार मंच कतार शाखा, सन्ध्या गुप् सास्कृतिक विभाग, नेपाल कला केन्द्र, सुर सरगम साधना, युनी डान्स क्रियु र मितेरी फिल्मस् सांस्कृतिक समूह रहेका छन् ।

कार्यक्रम सफल बनाउन शक्ति क्षेत्री, विरेन्द्र कुमार याक्थुम्बा, रित कुमार श्रेष्ठले बिशेष सहयाेग गरेका छन । त्यस्तै कार्यक्रमलाई प्रचार प्रसारमा साझा नेटवर्क डटकम, मुग्लानी खबर डटकम, सेल्फी टिभी, लाईट नेपाल डटकम र सिधा दृष्टि डटकमले सहयोग गरिरहेका छन ।

सशुल्क आयोजना गरिएको कार्यक्रममा प्रवेशका लागि कतारी रियाल ३५, ५०, ७५ र १०० दरका टिकट राखिएको छ । टाढा टाढाबाट आउने दर्शकहरुलाई सुबिधाको लागी ५० जनाको संख्या भएमा आउँन जानका गाडी(बस)को ब्यबस्था गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम कतारको सनैया स्थित एशियन टाउन (ग्रान्ड मलको पछाडी) डिसेम्बर ३० तारिख शुक्रबारका दिन अपरान्ह ५ बजे शुरु हुदै छ भने हलको गेट दिउसो २ बजेबाट नै खुल्ने प्रमुख सल्लाहकार नेत्र न्याैपानेले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend