logo
  • शनिबार, असोज १० २०८३

शिवशक्ति युवा क्लवद्धारा सहयोगदाता सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी पुष १०।
श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेको छ । क्लवको दोश्रो वार्षिकोत्सवको अवसरमा आर्थिक, भौतिक र सञ्चार माध्यमबाट सहयोग गर्ने तिन दर्जन भन्दा बढि सहयोगदातालाई एक समारोहका विच सम्मान गरिएको हो ।
सवै भन्दा बढि २७ हजार नगद सहयोग गर्ने बडागाउँ ६ जलुकेका बसन्त खड्का पिता वल बहादुर खड्कालाई कार्यक्रमको प्रमुख अतिथीका रुपमा सत्कार गर्दै उनलाई दोसाल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै बडागाउँ ५ पेगाका लालबहादुर पाण्डेले १५ हजार, सोही स्थानका कुमार पाण्डे १० हजार ५ सय  सोही स्थान कै महेश रायमाझीले १० हजार , बडागाउँ ५ पेगाका यमबहादुर बरमले मगर ८ हजार, हस्तीचौर मल्दीका नारायण खत्री, बडागाउँ जलुकेका मित्रबहादुर रायमाझी, हस्तीचौर ७ समाचौरकाख लोकेन्द्र खत्रीले ७/ ७ हजारका दरले सहयोग गरेका थिए ।

पेगाका भरत अधिकारी र कुमार बाबु गन्धर्भले ६/६ हजारका दरले सहयोग गरेका थिए । पेगाकै किसान जिसीले मुस्कानले ५ हजार ५ सय ५५ सहयोग गरेका थिए ।त्यस्तै पेगाका यम बहादुर सुनार, अर्जुन रायमाझी, रात डाँडाका प्रकाश जिसी, तम्घास फेमस टेलर्शका सञ्चालक प्रताप परियार तम्घासमै डेण्टल क्लिनिकका सञ्चालक कमल रिजाल पेगाका शंकर बहादुर रायमाझी, तम्घासका रामचन्द्र सुनार र पेंगाका विक्रम शाहीले ५/५ हजारका दरले सहयोग गरेका थिए ।

ति सहित रु ५० देखि ५५ हजार तल सम्म सहयोग गर्नेहरुलाई समेत क्लवले सम्मान गरेको थियो । कार्यक्रममा अध्यक्ष भुवन जिसी उपाध्यक्ष विष्णुबहादुर खड्का, सचिव यम सुनार, सहसचिव अर्जून वि.क.कोषाध्यक्ष माया घर्ती लगायत र सदस्यहरुले सम्मान गरेका थिए । कार्यक्रमा रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमन पाण्डे लगायतलाई पनि सम्मान गरिएको थियो । तस्वीरः सम्मानित हुँदै सुमन पाण्डे सहितको टोली

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend