साझा नेटवर्क
भुवन रायमाझी, पाल्पा पुस १०।
नेकपा एमालेको जनपरिचालन अभियान तथा पार्टी प्रशिक्षण कार्यक्रम रामपुरमा सकियको छ। रामपुर नगरपािलका वडानम्बर १३ नेकपा एमाले वडा कमिटि पाल्पाको आयोजनामा आज भुजातमा पार्टी प्रशिक्षण तथा जनपरिचालन अभियान सकिएको छ ।
भुजात सिद्धवावा धाममा वडा कमिटि अध्यक्ष ऋषिराम डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य पाल्पा जिल्ला ईन्चार्ज पुर्व उद्योग मन्त्रि सोमप्रसाद पाण्डे,को प्रमुख अतिथि रहनुभएको हो । कार्यक्रममा केन्द्रिय सदस्य पाण्डेले सरकारले सँविधान सँशोधनका नाममा ५ नम्बर प्रदेशलाई टुक्रयाउने विखण्डनकारी निति यसक्षेत्रका जनताको हितमा नहुनेमा जोड दिदै यसवाट सवैलाई सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश नम्बर ४ र ५ मा छुट्याउने कुरा मात्र नभई यो नेपाली को हितमा नहुने गरि कसैको इसारामा सरकार चलेको सँकेत हो भन्नुभयो ।
कार्याक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष नारायण प्रसाद आयार्चले पाल्पाको विकासमा नेकपा एमालेले नेतृत्वदायि भुमिका खेलेको बताउदै सँविधान सशोधनका निहुँमा सरकारले देश दुक्राउन लागेको बताउदै यसबाट जनतालाई सचेत गराउन एमालेले अभियानको थालनी गर्नूपर्ने बताउभयो । साथै उहाले पार्टी भनेर होइन राष्ट्रियता र जनताको हितमा काम गर्ने अभियानमा सहयोग गर्न सवैलाई सुझाव दिनुभएको छ ।
एमाले प्रदेश नम्बर ५ का सदस्य टँकनाथ खनाल, जिल्ला कमिटि पाल्पाका सदस्य राजुप्रसाद श्रेष्ठ, विनोद श्रेष्ठ, कृष्ण सारु, गुराँस आत्रेय, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य कमलराज तिमिल्सेना, केन्द्रिय अनुशासन आयोगका सदस्य भगवान भण्डारी, पत्रकार महासँघ पाल्पा जिल्ला अध्यक्ष राजेश कुमार अर्याल, लगाएतले बोल्दै ५ नम्बर प्रदेश टुक्राउने कुरा यसक्षेत्रका जनताको हितमा नरहेकोले पत्रकारले यसको विरुद्धमा कलम चलाउन सुझाव दिदै यसका लागी सवै सचेत हुन आग्रअ गर्नुभएको थियो ।
सरोज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सँचालन बन्दना पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय आमा समुहले नाचगान गरि रमाइलो पार्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend